logo

पूर्व सांसद रुंगटाको पहलमा बर्थिङ सेण्टरलाई पीपीई सहयोग

      6/12/2020 गते 00 00 मा प्रकाशित     1653   पटक पढिएको

नेपाली कांग्रस पूर्व सांसद अनिल रुङटाको पहलमा स्वास्थ्य सुरक्षा सामग्री पीपीइ हस्तान्तरण गरिएको छ । सांसद रुंगटाको पहलमा सुरक्षित मातृत्व स्वास्थ्य महासंघ नेपाल नामक संस्थाबाट पर्साका ६ वटा बर्थिङ सेन्टरलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

वीरगंज महानगरका नारायणी  अस्पपताल, बगही प्राथमिक उपचार केन्द्र, पर्सागढी नगरपालिकाको बगेश्वरी, बगवाना बिर्थिङ सेन्टर, बहुदरमाइ नगरपालिकाको बिश्रामपुर प्राथमिक उपचार केन्द्र गरी ५ बर्थिङ सेन्टरमा करिब प्रति १० हजार गरि करिब ५० हजार मूल्य बराबरको पीपीई सेट र्पूव सांसद रुंगटाद्वारा बर्थिङ सेन्टरका प्रतिनिधीलाइ बितरण गरियो ।

पीपीई हस्तान्तरण गर्दै नेता रुङ्गटाले सबै मिल यस कोभिड महामारीसँग लड्न आवश्यक सक्दो सहयोगमा सबैको साथ र सहभागिता हुनुपर्ने जोड दिए । कोरोनाका कारणले सबैक्षेत्र जोखिममा रहेकोले प्रसुती केन्द्रहरु पनि सुरक्षित हुनुपर्ने भएकोले नयाँ सन्तानको जन्म केन्द्र पनि सुरक्षित राख्न संस्थाको ध्यान केन्द्रीत भएकोले सोहि अनुरुप पीपीई र किट सहयोग गर्न आपूmले सहजीकरण गरेको बताए ।

हस्तान्तरण कार्यक्रममा पत्रकार महसङ्ह प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, बरिष्ठ पत्रकार शंकर खतिवडा, नेपाली कांग्रेसका युवा नेता हुकुम सिंह, दिलिप राज कार्की, सर्जुक महतो, डाक्टर उदय नारायण सिंह लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.