logo

पर्सागढीको हरपुर क्वारेन्टिन, पालमुनी बस्न बाध्य छन नागरिक

      6/12/2020 गते 00 00 मा प्रकाशित     1455   पटक पढिएको

पर्सागढी नगरपालिकाको वडा नं ८ मा रहेको क्वारेन्टिनमा क्षमता भन्दा बढी ब्यक्तिको ब्यवस्थापन गर्नु पर्दा समस्या भएको छ । २२ जना ब्यक्ति बस्न सक्ने क्वारेन्टिनको ब्यवस्थापन गरिएकोमा अहिले ४८ जनाले आश्रय लिदै आइरहेका छन । 


कोठा अभावमा पालमुनी ब्यक्तिहरुलाई राखिएको छ । नगरपालिकाले क्वारेन्टिनको ब्यवस्थापनमा कुनै  पनि ध्यान नदिएको स्थानीयको आरोप छ । तीन दिन अगाडि मात्रै केरलाबाट आउनु भएका  १५ जना सहित ४८ जनालाई हरपुरको नेपाल राष्ट्रीय प्राविको क्वारेन्टिनमा राखिएको छ । एउटा शौचालय छ । शौचालयको ब्यवस्था छैन खानेपानीको समस्या उस्तै रहेको स्थानीय युवा रामु शर्माले बताउनु भयो  । 


क्वारेन्टिनको ब्यवस्थापनको जिम्मा स्थानीय सरकारको हो । क्वारेन्टिनमा रहेका नागरिकलाई प्रहरीको एउटा जवानले पाउने राशन अनुृसारको खाद्य ब्यवस्था गर्नु पर्नेमा क्वारेन्टिनमा करेलाको तरकारी र भात खानु पर्ने अवस्था रहेको क्वारेन्टिनमा रहेका एक जनाले बताए । 


पर्सागढी नगरपालिकामा क्वारेन्टिनको ब्यवस्थापन सुधार गर्न सुझाव दिन गएका युवाहरु त्यतीबेला निराश भए जतिवेला नगरपालिकामा कार्यालय सहायक बाहेक अन्य कर्मचारी तथा जनप्रतिनिध कार्यालयमा थिएनन।

 

क्वारेन्टिनमा नागरिक छन  नगरसभाको तयारी गर्नु पर्ने बेला बिकास निर्माणका काम के हुने भन्ने बेलामा कार्यालयमा कर्मचारी र जनप्रतिनिधि नरहेको शर्माले बताउनु भयो । ४२ डिग्रीको गर्मीमा पालमुनी बस्न बाध्य नागरिक त्यसैपनि बिरामी हुने अवस्था छ । त्यसमाथि क्वारेन्टिनमा रहेका दुईजनाको स्वासथ्य अवस्था समेत बिग्रिएको शर्माले बताउनु भयो । 


क्वारेन्टिन मापदण्ड अनुसारको त भएन भएन सन्तोष गर्ने लायकको समेत नरहेको स्थानीयको गुनासो रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

बडहर्वा चोक बाट एकजना बेवारिसे व्यक्तिको उद्धार

वीरगंज । मानवसेवा आश्रम वीरगंज शाखाले  सोमबार दिउसो साढे दुई  बजे वारा जिल्लाको जितपुर सिमरा उप महानगरपालिका वडा न. १८ बडहर्वा चोक बाट  एकजना ब्यक्तिलाई उद्धार गरि आश्रममा ल्याएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.