वीरगञ्ज । वीरगञ्ज चिनीमिल पिपरामा अवस्थित पशुपतीनाथ मन्दिरमा यसपालि शिवरात्रीमा मेला लाग्ने भएको छ ।
मेलामा कुस्ती र सास्कृतिक कार्यक्रम भने नहुने भएको छ ।
कुस्ती र सास्कृतिक कार्यक्रमको तयारीकालागि समय अपुग भएकाले ब्यवस्थापनमा समस्या भएकोले कुस्ती र सास्कृतिक कार्यक्रम नहुने भएको सुनिल पटेलले जानकारी दिए ।
आर्थिक परिचालनमा समस्या भएका कारण पनि मेलामा कुस्ती समावेश गर्न नसकिएको आयोजकले बताएका छन ।
यस अघि बिहान मन्दीर परिसरमा भएको भेलाले मेला व्यवस्थापन र पुँजा व्यवस्थापनकालागि सहयोग साथ रहने प्रतबिद्धता गरेका थिए ।
चिनीमिल बन्द भएदेखी पशुपती मन्दिर वीरगञ्ज वडा १४ पिपरावासीले पुजापाठ गर्दै आएका थिए ।
आज भएको छलफलमा वीरगञ्ज महानगरका पुर्व मेयर विजय सरावगी , वडा अध्यक्ष महबुब एलाई अंसारी, कृष्ण कुर्मी, पवन पटेल, अनिल पटेल, सुनिल साह, रिसीराज सत्याल लगायत स्थानीय राजनीतिकर्मी, वुद्धिजीवी, युवाहरुको सहभागीता रहेको थियो ।
तपाईको प्रतिक्रिया