logo

ग्रिनसिटी सामुदायिक केन्द्रले आर्थिक हिनामिना गरेको आशंका, पारदर्शिता देखाउन स्थानीयको माग 

      6/13/2020 गते 00 00 मा प्रकाशित     1479   पटक पढिएको

सामुदायमा हुने सामान्य विवादर्लाइ स्थानीय स्तरमा नै समाधान गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मातहतमा स्थापना गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले संस्थाको नाममा आर्थिक हिनामिना गर्ने गरेको आरोप लागेको छ ।

 

आदर्शनगर चोकमै कार्यालय स्थापना गरेर समाजमा विभिन्न गतिविधिहरुमा सहयोग गर्ने बाहानामा संस्थाले आर्थिक हिनामिना गरेको आरोप लाग्न थालेको हो । पछिल्लो समयमा बीरगंज महानगरपालिकाको सूचनालाई अवज्ञा गर्दै पार्किङ सम्बन्धी सूचना समेत च्यातेर ग्रिनसिटी बिवादमा आएको छ । ग्रिनसिटीका अध्यक्ष जयप्रकाश खेतानले सूचना च्यातेको आरोप लगाइएको छ ।

 

ग्रिनसिटीले ठाकुरराम बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनमा आश्रय लिएकाहरुलाई खाना नास्ताको ब्यवस्थापनि गरेर उदाहरणीय काम गरेको थियो । तर यो संगै  आर्थिक पारदर्शीता कायम नगरेको आरोप लाग्न थालेको हो ।

 

खाना ब्यवस्थापनको नाममा दिनमा हजारौ चन्दा उठाइएको छ तर त्यसको सार्वजनीककरण नगरिएको आदर्शनगरका एक युवाले बताए । ग्रिनसिटी  अध्यक्ष खेतानले काम गरेकोमा जस लिनु स्वभाविक भएपनि दाताहरुलाई क्रेडीट दिनु पर्ने ति युवाले बताए । ग्रिनसिटीको स्थापना भएको सात वर्ष भन्दा बढी भएपनि त्यसको साधारण सभा समेत नभएको बताइएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.