प्रदेश प्रहरी २ को टोलीले हत्या अभियोग लागेका एक जनालाई फक्राउ गरेको छ । गत जेठ २८ गते धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं ७ का लबटोली बस्ने २५ वर्षिय अरुण मण्डललाई गोली हानी हत्या गरेको घटनाका अभियुक्तलाई फक्राउ गरेको प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी धिरज सिंहले बताउनु भयो ।
प्रदेश प्रहरी कार्यालयको तर्फबाट प्रहरी निरिक्षक बरुण सिंहको कमाण्डमा गएको प्रहरी टोलीले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं ३ स्थित भिट्टामोडबाट मण्डलको हत्यामा संलग्न भएको आरोपमा सबैला नगरपालिका वडा ७ लबटोली बस्ने १९ वर्षिय श्रवण मण्डललाई पक्राउ गरेको हो ।
घटनामा संलग्न अन्य आरोपीहरुको खोजी भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । अभियुक्तलाई थप अनुसन्धानकोलागि जिल्ला प्रहरी कार्यालय धनुषामा लगिएको छ ।
तपाईको प्रतिक्रिया