वीरगंज । अश्लील गीतहरुले समाजमा बिकृति फैलाई रहेको त्रिजुद्ध माध्यामिक बिद्यालयका प्रधानाध्यापक कुर्मीले बताएका छन् ।
भोजपुरी मौलिक गीतहरु लोप भईरहेकोले अब सबै मिलेर संरक्षण गर्नु पर्नेमा उनले जोड दिए । नेपाल भोजपुरी समाजको आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गदैै प्र.अ कुर्र्मीले प्रथामिक तहमा भोजपुरी पाठ्यक्रम लागु गर्नु पर्नेमा जोड पनि दिनु भयो ।
समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा भोजपुरी कला संस्कृतिको बारेमा सचिब राजेन्द्र सिंह राजपुतले बिद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बिद्यालयाका शिक्षक सरोज पटेल, रबि चौरसिया, नेपाल भोजपुरी समाजका सल्लाहाकार मनोज कुमार मिश्र, उपाध्यक्ष रितुराज पटेल, संचारकर्र्मी राजकुमार सर्राफ लगायतको सहभागीता रहेको थियो ।
नेपाल भोजपुरी समाजले हरेक शुक्रबार सामुदायिक बिद्ययालयहरुमा प्रशिक्षण अभियान संचालन गरिरहेको छ ।
तपाईको प्रतिक्रिया