logo

जरिवाना छुट गर्न ड्राइभिङ्ग स्कुल संघको माग 

      6/15/2020 गते 00 00 मा प्रकाशित     1010   पटक पढिएको

वीरगन्ज, १ असार । सवारी साधनको कर तथा  जरिवाना छुट गराउन माग गर्दै ड्राइभिङ्ग स्कुल संघ नेपाल प्रदेश नं २ ले प्रदेश २ सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । संघका प्रदेश नम्बर २ अध्यक्ष अकलेश साहको नेतृत्वमा गएको संघको टोलीले सवारी र लाईसेन्स कर को जरिवाना पुनः रूपमा लकडाउन खुलेपछि ३०/३५ दिनभित्र कर बुझाउन जादा कुनै किसिमको जरिवाना नलगाउन समेत माग गरेको छ ।

संघले नारायणी यातायात कार्यलयका प्रमुख सुशील साहलाई ज्ञापनपत्र बुझाएका छन् । संघको ज्ञापनपत्र बुझेपछि प्रमुख साहले कार्यालयले निर्णय गर्न सक्ने अधिकार नभएकोले यस विषयमा प्रदेश २ का मन्त्रालयका सचीवसंग कुरा गर्ने आश्वासन दिएका छन् । आश्वासन पूरा नभए ड्राइभिङ्ग स्कुल संघ नेपाल प्रदेश नं २ का अध्यक्ष साहले कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

कार्यक्रममा ड्राइभिङ्ग स्कुल संघका प्रदेश उपाध्यक्ष गौरव क्षेत्री, प्रदेश सल्लाहकार बिमल अधिकारी, प्रदेश सदस्य दिपक श्रेष्ठ, कृष्ण तामाङ, ओबिसीका जिल्ला उपाध्यक्ष रामकुमार पटेल लगायतको सहभागीता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

बडहर्वा चोक बाट एकजना बेवारिसे व्यक्तिको उद्धार

वीरगंज । मानवसेवा आश्रम वीरगंज शाखाले  सोमबार दिउसो साढे दुई  बजे वारा जिल्लाको जितपुर सिमरा उप महानगरपालिका वडा न. १८ बडहर्वा चोक बाट  एकजना ब्यक्तिलाई उद्धार गरि आश्रममा ल्याएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.