पोखरिया । बिधुत चोरी गरि उपयोग गर्ने आठजनालाई नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रले पक्राउ गरेको छ । बिधुत चुहावट रोक्नलागि परिचालीत टोलीले उनीहरुलाई पक्राउ गरेका हो ।
टोली सहित इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाको संयुक्त टोलिले गएराति अनुगमन गर्दा बिजुलुको प्रशारण मेन तारमा सिधा हुकिग गरि विद्युत चोरी गरिरहेको फेला परेपछि ८ जनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १ थान मोटर समेत बरामद गरेको छ ।
उनीहरुलाई आवश्यक कारवाहीकोलागि प्रहरीको नियन्त्रणमा राखिएको छ ।
तपाईको प्रतिक्रिया