logo

स्व.बिन्दुदेवी पाण्डे पत्रकारिता पुरस्कारबाट संचारकर्मी बिमला गुप्ता पुरस्कृत

      6/19/2020 गते 00 00 मा प्रकाशित     1169   पटक पढिएको

विन्दु पाण्डे स्मृति महिला पत्रकारीता पुरस्कार ब्रेकेनलिंक्स डटकमका पर्सा प्रतिनिधि ,प्रतिक दैनिक र रेडियो वीरगञ्जमा कार्यरत पत्रकार विमला गुप्तालाई प्रदान गर्न लागिएको छ ।

स्वर्गिय विन्दु पाण्डे स्मृति प्रतिष्ठानको बिहिबार सम्पन्न पुरस्कार छनौट समितिले गुप्तालाई १२ हजार नगद सहित प्रमाण पत्र र दोसल्लाका साथ सम्मान गर्ने निर्णय गरे अनुसार पुरस्कृत  गरिएको हो ।

 

स्व. पाण्डेको चौथो स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ पर्साका अग्रज पत्रकार शंकर खतिवडाले पत्रकार गुप्तालाई पुरस्कृत गर्नु भएको हो ।  पत्रकार गुप्तालाई नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो । प्रदेश उपाध्यक्ष के.सी.लामिछाने र जिल्ला अध्यक्ष श्यम बन्जाराले पुरसकृत पत्रकार गुप्तालाई दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो । 

 


पुरस्कारले आफूलाई उत्साहित बनाएको पत्रकार गुप्ताले बताउनु भयो । पत्रकारिता पेशा चुनौतीपूर्ण रहेको बताउदै पत्रकार गुप्ताले चुनौतीलाई सामना गर्ने आँट राख्नु पर्ने बताउनु भयो । उहाँले पत्रकारिता गरेर नै जीवन धान्न सकेको बताउदै पत्रकार महिलालाई पलायन हुने होइन संघर्ष गर्न अपिल गर्नु भयो । 


नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले प्रतिष्ठानले योग्य पात्रको चयन गरेर पुरस्कार दिएकोमा प्रशंसा गर्नु भयो । उहाँले पत्रकारिता सभ्य समाजको आवश्यकता भएको बताउदै समाजमा पत्रकारले निर्वाह गरेको भूमिकाले नै धेरै भएपनि जवाफदेहीता खोज्ने काम गरेको बताउनु भयो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का उपाध्यक्ष के.सी.लामिछानेले पत्रकार र उसको चरित्र एक हुनु पर्ने जोड दिनु भयो । पत्रकारितालाई आफनो रक्षाकवच बनाउने प्रवृतिलाई निरुत्साहित बनाउन आवश्यक छ । पत्रकारिता जोखिमपूर्ण भएपनि त्यसले बहुसंख्यालाई हित गर्ने भएकोले जोखिम पनि मोल्नु सक्नु पर्नेमा उहाँले जोड दिनु भयो । 


नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले काम गर्दै जादा सबै पत्रकारहरु बिभिन्न क्षेत्रबाट पुरस्कृत हुने भन्दै पेशा प्रति प्रतिवद्धता अनुसारको काम गर्न आग्रह गर्नु भयो । 

कार्यक्रमको संचालन प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीले गर्नु भएको थियो । स्व.पाण्डेलाई सो क्रममा श्रद्धाञ्जली अर्पण गरिएको थियो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

बडहर्वा चोक बाट एकजना बेवारिसे व्यक्तिको उद्धार

वीरगंज । मानवसेवा आश्रम वीरगंज शाखाले  सोमबार दिउसो साढे दुई  बजे वारा जिल्लाको जितपुर सिमरा उप महानगरपालिका वडा न. १८ बडहर्वा चोक बाट  एकजना ब्यक्तिलाई उद्धार गरि आश्रममा ल्याएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.