logo

नेपालको झण्डा जलाएर नेपाल बिरुद्ध नारा लाउनेलाई कारवाहीको माँग गर्दै घण्टाघरमा तस्विर जलाइयो 

      6/20/2020 गते 00 00 मा प्रकाशित     1516   पटक पढिएको

नेपालको प्रतिनिधि सभाले लिपुलेक, लिम्पुयाधारा र कालापानीसहितको निसान छाप सम्बिधान संशोधन मार्फत सर्वसम्मत रुपमा पारित गरेपछि भारतमा नेपालको झण्डा जलाइएको बिषयलाई लिएर बीरगंजमा आज प्रर्दशन भएको छ ।

 

 नेपाल भारत बीचको सम्बन्ध बिगार्न लागेको भन्दै युवाहरुको एक समूहले शनिबार बीरगन्जमा विरोध प्रदर्शन गरेका हुन । सामाजिक सन्जालमा भाइरल भइरहेको एक भिडियोमा भारतका दुई जना मुस्लिमले नेपाल बिरुद्ध नारा लगाउदै नेपालको झण्डा जलाएको देखिन्छ । नेपालको झण्डामा हिन्दू धार्मिक सम्प्रदायको आस्थासंग जोडिएको सूर्य र चन्द्र छ ।

 

त्यसलाई जलाउदा आस्था समेत जल्ने भएकोले नेपालीहरुले नपालको झण्डा जलाइएको बिषयलाई सम्बेदनशील रुपमा लिएका छन । यो अस्थाको बिषय भन्दा पनि   दुई देश बीचको सम्बन्ध थप बिगार्न यस्तो हर्कत भएको भन्दै उनीहरुले बीरगंजको घण्टाघरमा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।


घण्टाघरबाट शुरु भएको विरोध जुलुश माइस्थान, आदर्शनगर, घडीअर्वा परिक्रममा गर्दै पुन घण्टाघर चोकमा फर्किएर सम्पन्न भएको हो । यसैबीच, युवाहरुले नेपालको झण्डा जालाउने भारतीय मुस्लिम मौलनाको तस्बिर अंकित ब्यानर जलाएका छन् ।


नेपालले लिपुलेक, लिम्पुयाधारा र कालापानीसहितको नक्सा जारी गरेपछि त्यसको विरोध गर्दै भारतको प्रतापगढमा आँल इंडिया मजलिस–ए–इत्तेहादुल मुस्लिमीनका नेता कार्यकर्ताले नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियो अहिले भाइरल भइरहेको छ ।


नेपालको झण्डा जलाउने मुस्लिम मौलानालाई कारवाही गर, नेपाल भारत बीचको सम्बन्ध बिगार्न खोज्ने तत्व मुर्दावाद, नेपाल आमाको जय जस्ता नारा लगाउदैं युवाहरुले प्रदर्शन गरेका हुन् ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.