logo

नेपालको झण्डा जलाएर नेपाल बिरुद्ध नारा लाउनेलाई कारवाहीको माँग गर्दै घण्टाघरमा तस्विर जलाइयो 

      6/20/2020 गते 00 00 मा प्रकाशित     1352   पटक पढिएको

नेपालको प्रतिनिधि सभाले लिपुलेक, लिम्पुयाधारा र कालापानीसहितको निसान छाप सम्बिधान संशोधन मार्फत सर्वसम्मत रुपमा पारित गरेपछि भारतमा नेपालको झण्डा जलाइएको बिषयलाई लिएर बीरगंजमा आज प्रर्दशन भएको छ ।

 

 नेपाल भारत बीचको सम्बन्ध बिगार्न लागेको भन्दै युवाहरुको एक समूहले शनिबार बीरगन्जमा विरोध प्रदर्शन गरेका हुन । सामाजिक सन्जालमा भाइरल भइरहेको एक भिडियोमा भारतका दुई जना मुस्लिमले नेपाल बिरुद्ध नारा लगाउदै नेपालको झण्डा जलाएको देखिन्छ । नेपालको झण्डामा हिन्दू धार्मिक सम्प्रदायको आस्थासंग जोडिएको सूर्य र चन्द्र छ ।

 

त्यसलाई जलाउदा आस्था समेत जल्ने भएकोले नेपालीहरुले नपालको झण्डा जलाइएको बिषयलाई सम्बेदनशील रुपमा लिएका छन । यो अस्थाको बिषय भन्दा पनि   दुई देश बीचको सम्बन्ध थप बिगार्न यस्तो हर्कत भएको भन्दै उनीहरुले बीरगंजको घण्टाघरमा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।


घण्टाघरबाट शुरु भएको विरोध जुलुश माइस्थान, आदर्शनगर, घडीअर्वा परिक्रममा गर्दै पुन घण्टाघर चोकमा फर्किएर सम्पन्न भएको हो । यसैबीच, युवाहरुले नेपालको झण्डा जालाउने भारतीय मुस्लिम मौलनाको तस्बिर अंकित ब्यानर जलाएका छन् ।


नेपालले लिपुलेक, लिम्पुयाधारा र कालापानीसहितको नक्सा जारी गरेपछि त्यसको विरोध गर्दै भारतको प्रतापगढमा आँल इंडिया मजलिस–ए–इत्तेहादुल मुस्लिमीनका नेता कार्यकर्ताले नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियो अहिले भाइरल भइरहेको छ ।


नेपालको झण्डा जलाउने मुस्लिम मौलानालाई कारवाही गर, नेपाल भारत बीचको सम्बन्ध बिगार्न खोज्ने तत्व मुर्दावाद, नेपाल आमाको जय जस्ता नारा लगाउदैं युवाहरुले प्रदर्शन गरेका हुन् ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.