logo

ईम्प्रुभिङ् लाईफस ईन नेपालको सहयोगमा सुत्केरी महिलालाई राहत बितरण 

      6/20/2020 गते 00 00 मा प्रकाशित     936   पटक पढिएको

ईम्प्रुभिङ् लाईफस ईन नेपालले युवालयको सहकार्यमा ४५ दिन भित्रका सुत्केरी आमाहरुको लागि राहत बितरण गरेको छ । 


दैनिक मजदुरी गर्दै आएका  परिवारमा भएका सुत्केरी आमाका लागि पोषण तथा दैनिक सरसफाईको समाग्री अभाव भएको जानकारी पाएपछि बाल अधिकारकर्मी तथा युवालयका कार्यसमिति सदस्य जया साहको बिशेष पहलमा ईम्प्रुभिङ् लाईफस ईन नेपालको आर्थिक सहयोगमा  पोषण तथा सरसफाई समाग्री राहत वितरण गरिएको हो ।

 

  ईम्प्रुभिङ् लाईफस ईन नेपालको आर्थिक सहयोगमा पर्साको वीरगंज महानगरपालिका वडा नं १९ बिन्दवासनी र वर्वा, २९ बसडिल्वा रतनपुर टोलमा बसोबास गर्दै आईरहेका गरिब तथा अति बिपन्न बस्तीमा गएको बिहिवार  ३५ जना परिवारका लागि ४५ दिन भित्रका सुत्केरी आमाहरुका लागि पोषण तथा सरसफाई समाग्री राहत स्वरुप वितरण भएको छ । 

 

वडाका स्वास्थ्य संस्था संग समन्वय गरि ४५ दिन भित्रका सुत्केरी आमालाई  संस्थाले गत बिहिबारका दिन ३० दिन सम्मका लागि प्रत्येक परिवारलाई महिनाको पहिलो चरणमा १५ दिनका लागि १ क्यरेट अण्डा, प्रत्येक दिन आधि केजी दुध, कपडा धुने साबुन १ पिस, डिटवल १ पिस, राहत प्रदान गरेको हो ।

 

दैनिक ज्याला मजदुरी मात्रै गरेर आफनो घर परिवारको छाक टार्दै आएका बस्तीमा पहिलोे चरणको राहत बितरण गरेको तथा अगामी १५ दिन दिन पछि पनि राहत बितरण जारी राख्ने बाल क्लबका पुर्व सदस्य तथा राहत बितरण कार्यमा सहयोग गर्दै आउनु भएका नबिन पटेलले जानकारी दिनु भयो । 

 

बालबालिका बाच्न पाउने अधिकारबाट बन्चित नहुन् भन्ने उदेश्यका साथ ईम्प्रुभिङ् लाईफस ईन नेपालको आर्थिक सहयोग तथा युवालयको सहकार्यमा थप ९ वटा वडाहरुमा यसै गरि ३० दिन सम्मका लागि प्रत्येक परिवारलाई बितरण गरिने जानकारी समेत साहले दिनु भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.