logo

बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान बिरुद्ध बीरगंजमा प्रर्दशन

      6/21/2020 गते 00 00 मा प्रकाशित     1230   पटक पढिएको

तेस्रो मुलुकबाट विवाह गरेर आएकी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान नराख्न माग गर्दै बीरगंजमा प्रदर्शन गरिएको छ ।  

जनता समाजवादी पार्टीका युवाहरुले यस्तो प्रावधान प्रति अुन्तुष्टि जनाउदै वीरगञ्जमा प्रदर्शन गरेका हुन ।युवाहरुले भारत तथा तेस्रो मुलुकबाट विवाह गरेर आएकी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान नराख्न माग गरेका छन ।

 


उनीहरुले मधेशलाई केन्द्रीत गरेर यस्तो प्रावधान ल्याउन थालिको भन्दै यसले सामाजिक साँस्कृतिक रीतिअनुसार विवाह गरेर ल्याइएकी महिलामाथि अन्याय गर्ने दावी गरेका छन । 

मधेसीमाथि अत्याचार बन्द गर’, ‘महिलामाथि विभेद र अत्याचार गर्न पाइँदैन’, ‘रोटी बेटीको सम्बन्ध विगार्न पाइँदैन’, ‘नागरिकता ऐन संसोधन विद्येयक फिर्ता गर’ लगायतका नारा लेखिएको प्लेकार्डसहित युवा प्रदर्शनमा उत्रिएका थिए ।

 


प्रदर्शनमा सहभागी समाजवादी पार्टीका महानगर अध्यक्ष  ईश्वर यादवले नागरिकता ऐन संसोधन विधेयक फिर्ता नभए मधेस आन्दोलनभन्दा ठूलो आन्दोलन हुने बताउनु भयो  ।

 

यसैवीच प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्तावित प्रावधान गैरकानूनी रहेको जनाएको छ ।

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधीकारीको बैठकले उक्त निर्णय गरेको हो । कांग्रेसले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सो प्रावधान सहितको विधेयक निणायार्थ प्रस्तुत गरेमा समितिमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले फरक मत राखेर असहमति राख्ने निर्णय भएको कांग्रेसले जनाएको छ ।

राप्रपा अध्यक्ष कमल थापाले आइतबार ट्विट गर्दै लेख्नु भएको छ  १ अर्व ३०करोड जनसंख्या भएको भारतमा भारतीय नागरिकसँग विवाह गर्नेले नागरिकताको लागि दरखास्त दिन कम्तिमा ७ वर्ष पर्खनुपर्छ। ३ करोड जनसंख्या हुने नेपालले ७ वर्षको आधार राख्न खोज्दा बिरोध गर्नु आश्चर्यजनक छ। के ‘रोटीबेटी’को चिन्ता नेपाललाई मात्र हो ? यस बिषयमा कांग्रेसको ताल देखेर आश्चर्य लाग्छ ।


त्यस्तै मधेशवादी दलहरू समेत नागरिकता संशोधन विधेयकका सन्दर्भमा सात वर्ष हुनु हुँदैन भन्रे मतमा देखिएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.