logo

हामीले नगरे कसले गर्ने, अहिले नगरे कैले गर्ने ? भन्दै युवाहरुले सोनवर्षामा गरे शैक्षीक समाग्री बितरण

      6/21/2020 गते 00 00 मा प्रकाशित     1644   पटक पढिएको

 

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ मा रहेको बिद्यालयका वालवालिकालाई आज शैक्षीक समाग्री उपलब्ध गराइएको छ

। पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ मा रहेको बिद्यालयका वालवालिकालाई आज शैक्षीक समाग्री उपलब्ध गराइएको छ । 


देश बिदेशमा छरिएर रहेका नेपालीहरुको फेसबुक समुहको रुपमा रहेको ब्रोदरर्स फरम डीफीरेन्ट मँदर ,हेल्पीङ हयाण्डस र हन्डरेड ग्रुप्सको सहयोगमा शैक्षीक समाग्री उपलब्ध गराइएको भोला चौधरीले जानकारी दिनु भयो । 


बिभिन्न समस्यामा परेका नेपालीलाई सहयोग गर्दै आएको समुहले आज श्री नेपाल राष्ट्रिय प्रथामिक बिद्यालय सोनवर्षाका 
७५ जना छात्र छात्रालाई तीन महिना सम्म पुग्ने शैक्षीक समाग्री र झोला बितरण गरेको छ । शैक्षीक समाग्रीमा कापी कलम इरेजर मास्क र झोला रहेको चौधरीले बताउनु भयो । 


सोही वडाका वडाध्यक्ष फरमान मिया अन्सारीले छात्र छात्रालाई शैक्षीक समाग्री बितरण गर्नु भएको थियो । निशुल्क शिक्षा अभियानलाई सफल बनाउन यस्तो सहयोग गरिएको निरजजंग थापाले बताउनु भयो । 
अरु बेलामा पनि सकेको सहयोग गर्दै आएका थियौ यो महामारीको बेलामा पनि थोरै भएपनि सहयोग उपलब्ध गराउन पाउदा खुशी लागेको थापाले बताउनु भयो । 


काम ठेलो त होइन तर अभियानका माध्यमले साना साना काम गर्दा पनि त्यसले सन्तोष दिने अभियानमा संलग्न युवाहरुको राय रहेको छ । कार्यक्रममा बिश्व सुवेदी,रुपेश खडका बिनय गिरी अनिश डाँगी लगायतको सहभागिता रहेको थियो ।



 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.