logo

सशस्त्र प्रहरी नीरिक्षक भट्टलाई २ सय १ किलो मला लगाई गरियो बिदाई

 इसीमाना सम्वाददाता     २०७९ चैत ११ गते ०८: ५० मा प्रकाशित     403   पटक पढिएको

वीरगंज। बोर्डर आउट पोष्ट वीरगंज भन्सारका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्टलाई २ सय १ किलोको माला लगाएर बिदाई गरिएको छ ।


वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले माला लगाएर बिदाई गर्दै भट्टको कार्यशैलीको खुलेर प्रशंसा गरेका थिए।


प्रहरी निरीक्षक भट्टले गरेको कार्य वीरगन्जवासी कहिले नबिर्सने भन्दै नगरप्रमुख सिंहले भट्टले गरेका काम नयाँ आउने प्रहरी निरीक्षकहरुको लागि प्रेरणाको स्रोत हुने उनले बताए ।


भट्टलाई वीरगंजको नागरिक समाजको एउटा सरोकार समुहले २ सय १ किलोको माला लगाएर सम्मान सहित बिदाई गरेको छ । भट्टले आफ्नो संगठनले दिएको निर्देशन र नेपाल सरकारको ऐन नियमको परिधि भित्र रहेर प्रहरीको दायित्व निर्वाह गरेका हुन ।

 

उनको यो कामलाई समाजका बिभिन्न सरोकार समुहले प्रशंसा गरेका छन । उनी एउटा प्रहरी अधिकारी हुन जसको सरुवा हुदा केही दिन त बिदाई र सम्मानमा कार्यक्रम भएका छन ।उनी वीरगंजवासीको मन मस्तिष्कमा अमिट छाप छोड्न सफल भएका छन । २ सय १ किलो माला लगाएर बिदाई पाउने उनी पहिलो प्रहरी अधिकृत हुन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.