logo

पूर्वमन्त्री स्व.निषाधको श्रद्धाञ्जलीसभा सम्पन्न 

      6/22/2020 गते 00 00 मा प्रकाशित     1095   पटक पढिएको

वीरगञ्ज, ८ असार । नेकपाका नेता एवं पूर्व उद्योग राज्यमन्त्री मेघराज सहनी निषाधको १३ औं दिनमा सोमबार श्रद्धाञ्जलीसभाको आयोजना गरिएको छ । पूर्वराज्यमन्त्री स्व.निषाधको पकहामैनपुरको धोरे स्थित निजी निवासमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा नेकपा नेताहरुले स्वर्गीय निषाधको राजनीतिक जीवनको चर्चा गरेका थिए ।

नेकपा पकाहमैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहेताको अध्यक्षामा आयोजना गरिएको श्रद्धाञ्जलीसभाका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवं पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, केन्द्रीय सदस्य दिनेश राई, पर्सा अध्यक्ष प्रभु हजरा, संविधानसभा सदस्य राजकुमार गुप्ता, प्रद्युम्न चौहान लगायतले स्वर्गीय मेघराज निषाधले राजनीतिक जीवन अत्यन्त सरल रहेको बताए ।

उहाँको निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताएका छन् । कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य बालगोपाल थापा, बसरुद्दीन अन्सारी, बलिराम साह, नेकपाका नेता शम्भु गुप्ता, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछाने, प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोटे मगर, युवा नेताहरु अकलेश साह, श्यामबाबु गुप्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन मजदुर नेता प्रभु पटेलले गर्नुभएको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.