logo

कालिकामइको गदियानीमा दुई महिला सहित तेइसजनाद्वारा रक्तदान

      6/22/2020 गते 00 00 मा प्रकाशित     1823   पटक पढिएको

ब्रिलिएन्ट युवा क्लबको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पर्साको कालिकामाई गाउँपालिका वडा नं.२ गदियानीमा भएको कार्यक्रममा २ महिला सहित २३ जनाले रक्तदान गरेको आयोजक संस्थाका सदस्य शम्भु कुमार सुमनले वताउनु भयो ।


कार्यक्रमको उद्घाटन रक्तदान गरी कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु प्रसाद साहले गर्नु भएको थियो । 


क्लबका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको कार्यक्रममा सुनिल कुमार रौनियार, ताजिन्द्र साह कलवार, सहरुम हवारी, जयप्रकाश चौरसिया, संजित कुमार चौरसिया, आकाश चौरसिया, भुषण साह तेली, रामबिर चौरसिया, सुदिल प्रसाद कुमार, पप्पु पटेल, सदाम हुसेन, ओमप्रकाश साह, मुन्ना कुमार सुमन, भेष साह, लक्षमण साह, प्रभाकर साह, कुन्ती देवी, सिमा देवी, जितेन्द्र महरा, अजय यादव, प्रमोद प्रसाद यादवले रक्तदान गर्नु भएको थियो ।


नेपाल रेडक्रस रक्त संचार केन्द्र वीरगंजकी डिल्ली माया घिमिरे नेतृत्वको प्राविधिकहरुको टोलीले रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वन व्यवस्थापन समितिका पदाधिकारी माथि गम्भिर आरोप , घुस मागेको सञ्चालक साहको दाबी,आरोप अतिरन्जीत, अध्यक्ष गद्धी

वीरगन्ज ।एक जना सःमिलकाका संचालकले साझेदारी बन उपभोक्ता समिति र बन सुरक्षाकर्मीले घुस माँगेको आरोप लगाएका छन ।

पोखरियाका वडाध्यक्षद्वारा पत्रकारलाई अपशब्द र कुटपिटको धम्की , प्रेस चौतारी पर्साद्वारा भर्त्सना

वीरगन्ज ।  पर्साको पोखरिया नगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानुले पत्रकारलाई सार्वजनिक मञ्चबाटै अपशब्द प्रयोग गर्दै कुटपिटको धम्की दिएको घटनाप्रति प्रेस चौतारी नेपाल, पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.