logo

एमबैकिङको माध्यमले ठगी गर्ने साह पक्राउ,बैंकमा रहेका खाताहरु असुरक्षीत

      6/23/2020 गते 00 00 मा प्रकाशित     1202   पटक पढिएको

एम  बैंकिङका माध्यमले ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बारा जिल्लाको प्रसौनी गाउँपालिकाको वडा नं १ बस्ने २२ वर्षिय नादिर साहलाई पक्राउ गरेको हो ।

 


उनले अन्य ब्यक्तिको इ बैकिङ र एम बैकिङ सेवा नलिएको बैंक खाताको एम बैकिङ सेवा सूचारु गरि  पटक पटक गरि तीन लाख रुपैया ठगि गरेका थिए । 


चितवन जिल्ला भारतपुर महानगरपालिका वडा नं ६ स्थायी घर भई हाल बीरगंज महानगरपालिका वडा नं १३ बस्ने मिरा कुमारी के.सी.ले राष्ट्रिय बाणिज्य बैंकको आर्दशनगरमा रहेको शाखा कार्यालयमा खोल्नु भएको खाताबाट साहले पैसा ठगी गरेका हुन ।

 

के.सी.ले खाता खोल्दा इबैकिङ र मोवाइल बैकिङ सेवा लिनु भएको थिएन । गत वर्षको माघ ७ गते साहले ९८२९२४३५६० नम्बरको मोवाइलको प्रयोग गरि मिरा के.सी.को नाममा मोवाइल बैकिङ सेवा सूचारु गराएका थिए । सोही सेवाको प्रयोग गरि साहले राष्ट्रिय बाणिज्य बैकमा मिरा के.सी.को खातामा रहेको रकम अर्को खातामा ट्रान्सफर गरेका थिए ।

 

उनले पटक पटक गरि तीन लाख रुपैया ट्रान्सफर गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनु भयो ।

 


पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्साले ठगी मुद्धा चलाएर थप अनुसन्धान गरिरहेको छ । 
बैंकमा रहेका खाताहरु प्रविधिको प्रयोगले असुरक्षीत रहेको यो घटनाले देखाएको छ । आफना सेवाग्राहीको खाताको सुरक्षाका बिषयमा बैकहरुले गम्भिर ध्यान दिनु पर्ने यो घटनाले देखाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.