Friday, 4 July 2025, 12:04:17 am

बम विष्फोट काण्डमा फरार अभियुक्त पक्राउ 

      6/24/2020 गते 00 00 मा प्रकाशित     1070   पटक पढिएको

बम विष्फोट काण्डमा फरार रहेका दुईजनालाई प्रदेश प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको छ । रौतहटको साविक जोकाहा गाविस वडा नम्बर ६ बस्ने सागर भनिने शेख गुलाब सरोबर र रौतहटको साविकको डुमरिया गाविस वडा नम्बर ६ बस्ने रंजित भनिने दिपिल कुमार साहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

प्रदेश नम्बर २ प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वरुण बहादुर सिंहको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो । २०६७  चैत ११ गते चन्द्रनिगाहपुरतर्पm गईरहेको ना २ ख ५७२१ नम्बरको बस रौतहटको भेडियाही वडा नम्बर २ मा रोकी राखेको अवस्थामा विष्फोटमा फरार रहेका थिए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु