ठगी मुद्धामा साढे ४ महिनाअघि कारागार चलान भएका एक जना थुनुवा बन्दीको मृत्यु भएको छ । वीरगञ्ज महानरपालिका–२ छप्कैया घर भएका ६३ बर्षका बसिर आलम भन्ने बसिर अहमदलाई पुर्पक्षका लागि थुनुवामा रहेका थिए ।
मधुमेह र उच्च रक्तचापको समस्याका कारण उनलाई १६ दिनअघि जेठ २८ गते नेशनल मेडिकल कलेजमा उपचारका लागि पठाईएको थियो ।
बिहीबार बिहान २ बजेतिर अस्पतालले उनलाई मृत घोषित गरेको वीरगञ्ज कारागारका प्रमुख श्रवण पोखरेलले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लगिएको छ ।
तपाईको प्रतिक्रिया