गाँजा ओसार पसारमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीले मकवानपुर जिल्लाका ६ जनालाई पर्साको ठोरी गाउँपालिकाबाट पक्राउ गरेको छ ।
प्रहरीलले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ६ का पाँच जनालाई पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं ४ बागमोर्चा नजिकबाट पक्राउ गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल पर्साका सशस्त्र प्रहरी उपरिक्षक दीपेन्द्र कुंवरले बताउनु भयो ।
पक्राउ परेकाहरुमा ५० वर्षीय धनबहादुर तामाङ, २० वर्षीय रामबहादुर तामाङ, ४३ वर्षीय मङगल सिंह रुम्बा, २१ वर्षीय सुवास तामाङ र २२ वर्षीय सुमन तामाङ रहेका छन् ।
मकवानपुरको मनहरीबाट गाँजा ल्याएर पर्साको ठोरी गापा ४ नयाँवस्तीमा कारोबारीलाई गाँजा जिम्मा लगाएर अटो रिक्सामा फर्कंदै गरेका बेला उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक सिंहवीर मल्लले बताउनु भयो ।
ठोरी ४ निर्मलबस्तीमा अटो रिक्सामा चढेर फर्कंदै गरेका उनीहरुलाई शंका लागेर सोधपुछ गर्दा गाजा ओसार पसारमा संलग्न रहेको खुलेपछि नियन्त्रणमा लिइएको मल्लले जानकारी दिनु भयो । उनीहरुको साथबाट एक थान खुकुरी, एक थान खुर्पा, एक थान तराजु, ५ थान मोबाइल सेट, ३ थान टर्चलाईटका साथै नगद ४४ हजार १ सय १० रुपैयाँ पनि बरामद भएको मल्लले बताए ।
नियन्त्रणमा लिइएका पाँचै जनालाई आवश्यक कारबाही र अनुसन्धानका लागि प्रहरी चौकी सुवर्णपुरमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक मल्लले जानकारी दिनु भयो ।
तपाईको प्रतिक्रिया