logo

वीरगन्ज महानगरपालिकाको नगरसभा सम्पन्न, महानगरपालिकाले सरुवा रोग उपचार अस्पताल निर्माण गर्ने

      6/26/2020 गते 00 00 मा प्रकाशित     1354   पटक पढिएको

वीरगन्ज महानगरपालिकाको नगरसभा विभिन्न विषयमा छलफलपछि निर्णय गरि सम्पन्न भएको छ । असार १० गते महानगरपालिकाले प्रस्तुत गरेको आर्थिक बर्ष ०७७÷०७८ को बार्षिक  नीति उपर क्षेत्रगतरुपमा छलफल भई संसोधन तथा परिमार्जन सहित स्वीकृत गरिएको छ ।

त्यस्तै आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक  बजेट तथा कार्यक्रम, नगरकार्यपालिकाको सिफारिशमा पेश भएको आर्थिक बर्ष  २०७७÷०७८ को बजेट तथा कार्यक्रम उपर विस्तृत छलफल भई रु. ३ अर्ब, ८६ करोड ५१ लाख ९० हजार ३ सय ३५ राजश्व र व्ययको अनुमान संसोधन तथा परिमार्जन सहित स्वीकृत गर्ने निर्णय भएको छ ।

बीरगंज महानगरपालिका, नगरकार्यपालिकाको सिफारिशमा पेश भएको बीरगंज महानगरपालिकाको आर्थिक विधेयक २०७७ उपर दफावार छलफल भई संसोधन तथा परिमार्जन सहित स्वीकृत गर्ने, विनियोजन विधेयक २०७७ उपर दफावार छलफल भई संसोधन तथा परिमार्जन सहित स्वीकृत भएको छ । कार्यपालिकाको निर्णय अनुमोदन बारे चालु वर्षको मिति २०७६।११।११ देखि २०७७।०३।०९ गते सम्म नगर कार्यपालिकाको बैठकबाट भएका सम्पूर्ण निर्णयहरु अनुमोदन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी चालु आर्थिक वर्षको संशोधित बजेट बारे बीरगंज महानगरपालिका, नगरकार्यपालिकाको सिफारिशमा पेश भएको चालु आर्थिक वर्ष ०७६÷०७७ को अधिकार प्रत्यायोजन सम्बन्धमा  आर्थिक वर्ष २०७७÷०७८ का लागि स्वीकृत योजना तथा कार्यक्रम विशेष कारणले कार्यान्वयन गर्ने अवस्था नभएमा स्वीकृत बजेटको परिधि भित्र रही योजना तथा कार्यक्रम संसोधन गरी कार्यान्वयन गर्न कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको छ ।

नगरसभाले आकस्मिक योजना छनौट,  चालु आर्थिक बर्षको योजना भुक्तानी, योजना कार्यान्वयन सम्बन्धमा नगरसभाबाट स्वीकृत राजस्व र ब्ययका अनुमानमा समावेश नभएका तर आर्थिक वर्ष २०७७÷०७८ मा थप बजेट तथा कार्यक्रम प्राप्त भएमा नगर कार्यपालिकाले स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । खर्च अनुमोदन सम्बन्धमा चालु आर्थिक बर्षको मिति  २०७६ श्रावण १ गते देखि मिति २०७७ अषाढ ९ गते सम्म भएका सम्पूर्ण खर्च अनुमोदन गर्ने निर्णय भएको छ ।

फोहोरमैला ब्यबस्थापनको सम्झौता पुनरावलोकन, बीरगंज बस पार्क टर्मिनल, संचालन तथा सेवा शुल्क संकलन सम्बन्धि सम्झौता अंक समायोजन गर्ने, नारायणी अस्पतालमा फार्मेशी संचालनका लागि शिड मनि उपलब्ध गराउने, कोभिड–१९ अस्थायी अस्पताल संचालन सम्बन्धि सम्झौता अनुमोदन, कोरोना भाइरससँग सम्बन्धित खर्च अनुमोदन, चालु आर्थिक २०७६÷०७७ मा संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम तर्फ विद्यालय भौतिक पूर्वाधार निर्माण शिर्षकमा प्राप्त अनुदान रकम रु २ करोड ९८ लाख (महानगर शिक्षा समितिको मिति २०७६।०९।०१ गतेको बैठकबाट सिफारिस भए बमोजिम विभिन्न १२ वटा विद्यालयलाई बाँडफाँट गरी सम्पूर्ण रकम विद्यालयलाई निकासा दिने प्रमुख स्तरबाट मिति २०७७।०२।१९ मा भएको निर्णयलाई अनुमोदन गर्ने निर्णय गरिएको छ । 
संक्रमण रोग उपचारका लागि महानगरपालिकाको छुट्टै अस्पताल 

वीरगन्ज महानगरपालिकाले विश्वव्यापी महामारीको रुपमा पैmलिएको कारोना भाईरस संक्रमणबाट पाठ सिकेर छुट्टै संक्रमण रोग उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्ने भएको छ । महानगरपालिकाको व्यावस्थापनमा नै अहिले नारायणी अस्थायी कोरोना अस्पताल संचालन गरिएको र भविष्यमा आउन सक्ने संभावित संक्रमणको उपचार गर्ने अस्पताल निर्माण गर्न छुट्याईएको १ करोड बजेटको नगरसभाबाट अनुमदोन गरिएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

चितवनमा रगतको चरम अभाव, रेडक्रस सोसाइटीद्वारा रक्तदान गर्न अपिल

चितवन । चितवन  जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ ।

उपकार सेवाको सहयोग घरमै ह्वीलचेयर

वीरगंज । पोखरिया नगरपालिकाको वडा नं ६ सिर्सियाका एक बिरामीलाई “कुइन ज्वैलर्स काठमाडौं” को सहयोगमा ह्वीलचेयर प्रदान गरिएको छ।

खेलकुद

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.