logo

वीरगन्ज महानगरपालिकाको नगरसभा सम्पन्न, महानगरपालिकाले सरुवा रोग उपचार अस्पताल निर्माण गर्ने

      6/26/2020 गते 00 00 मा प्रकाशित     1139   पटक पढिएको

वीरगन्ज महानगरपालिकाको नगरसभा विभिन्न विषयमा छलफलपछि निर्णय गरि सम्पन्न भएको छ । असार १० गते महानगरपालिकाले प्रस्तुत गरेको आर्थिक बर्ष ०७७÷०७८ को बार्षिक  नीति उपर क्षेत्रगतरुपमा छलफल भई संसोधन तथा परिमार्जन सहित स्वीकृत गरिएको छ ।

त्यस्तै आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक  बजेट तथा कार्यक्रम, नगरकार्यपालिकाको सिफारिशमा पेश भएको आर्थिक बर्ष  २०७७÷०७८ को बजेट तथा कार्यक्रम उपर विस्तृत छलफल भई रु. ३ अर्ब, ८६ करोड ५१ लाख ९० हजार ३ सय ३५ राजश्व र व्ययको अनुमान संसोधन तथा परिमार्जन सहित स्वीकृत गर्ने निर्णय भएको छ ।

बीरगंज महानगरपालिका, नगरकार्यपालिकाको सिफारिशमा पेश भएको बीरगंज महानगरपालिकाको आर्थिक विधेयक २०७७ उपर दफावार छलफल भई संसोधन तथा परिमार्जन सहित स्वीकृत गर्ने, विनियोजन विधेयक २०७७ उपर दफावार छलफल भई संसोधन तथा परिमार्जन सहित स्वीकृत भएको छ । कार्यपालिकाको निर्णय अनुमोदन बारे चालु वर्षको मिति २०७६।११।११ देखि २०७७।०३।०९ गते सम्म नगर कार्यपालिकाको बैठकबाट भएका सम्पूर्ण निर्णयहरु अनुमोदन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी चालु आर्थिक वर्षको संशोधित बजेट बारे बीरगंज महानगरपालिका, नगरकार्यपालिकाको सिफारिशमा पेश भएको चालु आर्थिक वर्ष ०७६÷०७७ को अधिकार प्रत्यायोजन सम्बन्धमा  आर्थिक वर्ष २०७७÷०७८ का लागि स्वीकृत योजना तथा कार्यक्रम विशेष कारणले कार्यान्वयन गर्ने अवस्था नभएमा स्वीकृत बजेटको परिधि भित्र रही योजना तथा कार्यक्रम संसोधन गरी कार्यान्वयन गर्न कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको छ ।

नगरसभाले आकस्मिक योजना छनौट,  चालु आर्थिक बर्षको योजना भुक्तानी, योजना कार्यान्वयन सम्बन्धमा नगरसभाबाट स्वीकृत राजस्व र ब्ययका अनुमानमा समावेश नभएका तर आर्थिक वर्ष २०७७÷०७८ मा थप बजेट तथा कार्यक्रम प्राप्त भएमा नगर कार्यपालिकाले स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । खर्च अनुमोदन सम्बन्धमा चालु आर्थिक बर्षको मिति  २०७६ श्रावण १ गते देखि मिति २०७७ अषाढ ९ गते सम्म भएका सम्पूर्ण खर्च अनुमोदन गर्ने निर्णय भएको छ ।

फोहोरमैला ब्यबस्थापनको सम्झौता पुनरावलोकन, बीरगंज बस पार्क टर्मिनल, संचालन तथा सेवा शुल्क संकलन सम्बन्धि सम्झौता अंक समायोजन गर्ने, नारायणी अस्पतालमा फार्मेशी संचालनका लागि शिड मनि उपलब्ध गराउने, कोभिड–१९ अस्थायी अस्पताल संचालन सम्बन्धि सम्झौता अनुमोदन, कोरोना भाइरससँग सम्बन्धित खर्च अनुमोदन, चालु आर्थिक २०७६÷०७७ मा संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम तर्फ विद्यालय भौतिक पूर्वाधार निर्माण शिर्षकमा प्राप्त अनुदान रकम रु २ करोड ९८ लाख (महानगर शिक्षा समितिको मिति २०७६।०९।०१ गतेको बैठकबाट सिफारिस भए बमोजिम विभिन्न १२ वटा विद्यालयलाई बाँडफाँट गरी सम्पूर्ण रकम विद्यालयलाई निकासा दिने प्रमुख स्तरबाट मिति २०७७।०२।१९ मा भएको निर्णयलाई अनुमोदन गर्ने निर्णय गरिएको छ । 
संक्रमण रोग उपचारका लागि महानगरपालिकाको छुट्टै अस्पताल 

वीरगन्ज महानगरपालिकाले विश्वव्यापी महामारीको रुपमा पैmलिएको कारोना भाईरस संक्रमणबाट पाठ सिकेर छुट्टै संक्रमण रोग उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्ने भएको छ । महानगरपालिकाको व्यावस्थापनमा नै अहिले नारायणी अस्थायी कोरोना अस्पताल संचालन गरिएको र भविष्यमा आउन सक्ने संभावित संक्रमणको उपचार गर्ने अस्पताल निर्माण गर्न छुट्याईएको १ करोड बजेटको नगरसभाबाट अनुमदोन गरिएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.