logo

वीरगन्जका भाग्यमानी विद्युतीय सञ्चार माध्यम, महानगरले दिने भयो लोककल्याणकारी विज्ञापन

      6/26/2020 गते 00 00 मा प्रकाशित     1177   पटक पढिएको

वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक बर्ष ०७७/०७८  मा स्थानीय स्तरका विद्युतीय सञ्चार माध्यमहरुका लागि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ ।

सञ्चारक्षेत्रलाई स्थानीय भाषा संस्कृतीको प्रवद्र्धनका लागि, सामामजिक कुप्रथा अन्त्यका लागि, महिला तथा बालबालिकाको सशक्तिकरण र जातीय छुवाछुत सामाजिक अपराध हो भन्ने स्थापित गर्न आवश्यक लोककल्याणकारी विज्ञापन उपलब्ध गराईने भएको हो ।

महानगरपालिकाले असार १० गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट सार्वजनिकीकरण कार्यक्रमा पछाडि पारिएका सीमान्तकृत समुदायलाई मूल प्रवाहीकरणमा ल्याई समृद्ध महानगर निर्माणमा संचार माध्यमको सहभागिताले महत्वपूर्ण भूमिका खेल्ने भएकोले स्थानीय विद्युतीय सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने साथै जनचेतनामूलक कार्यक्रम उत्पादन र प्रसारणमा समेत सहकार्य गर्ने नीति लिएको महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो । समृद्ध महानगरका लागि सञ्चार माध्यमको सहभागिताको अपेक्षा गरेको पनि उहाँले बताउनुभयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.