logo

कानून कार्यान्वयन गर्ने निकायहरुलाई मानवअधिकारको विषयमा संवेदनशील हुन न्यायधीश पोख्रेलको सुझाव

 इसीमाना सम्वाददाता     २०८० बैशाख ९ गते ११: ४३ मा प्रकाशित     563   पटक पढिएको

वीरगञ्ज । पर्सा जिल्ला अदालतका मुख्य न्यायधीश बिनोद कुमार पोखरेलले मानवअधिकारको सवालमा सबै सरोकारवाला निकायहरु संवेदनशील हुनपर्ने बताएका छन ।

 

कानून सबैको लागि बराबर भएकोले कानून कार्यान्वयन गर्ने निकायहरुले मानवअधिकारको विषयमा अझ संवेदनशील हुनुपर्ने बताएका हुन ।

नेपाल मानव अधिकार संगठन पर्साले आयोजना गरेको एकदिने प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै न्यायधीश पोखरेलले नेपालको कानूनमा भएको व्यावस्थाको प्रभावकारी कार्यान्वयनमा नागरिकले आफ्नो कर्तव्यलाई पनि भुल्न नहुने बताए ।

 

न्यायधीश पोख्रेलले मुलुकी अपराध सहिता २०७४ को दफा ११८ दण्ड सजायको दायरालाई संकुचन गर्न ल्याएको भएता पनि त्यही धारा टेकेर गलत अभ्यास भएको प्रति चिन्ता ब्यक्त गरे ।

 

कारवाही कम होस मुद्धा मामिला कम होउन भन्ने उद्धेश्यका साथ ल्याइएको अभद्र ब्यवाहार सम्बन्धी प्रवन्धको प्रयोग अति भएको भन्दै त्यसमा सुधारकालागि मानवअधिकर्मीलेअ आवाज उठाउनु पर्ने बिचार ब्यक्त गरे ।


मानव अधिकार संगठन पर्साका उपाध्यक्ष दिलिप बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बार एशोसिएसन पर्साका अध्यक्ष कमलमोहन पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी .लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मानव अधिकार संगठन पर्साका सचिव शिवनाथ यादवले सहजीकरण गरेको तालिममा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र गोविन्द ढकालले प्रशिक्षण दिए ।

 

तालिममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वीरगन्ज कलेज र वीरगन्ज मेघा कलेजका विद्यार्थीहरु गरी ४० जनाको सहभागीता रहेको संस्थाका सचिव शिवनाथ यादवले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.