logo

वीरगन्ज महानगरपालिका प्रमुख सरावगीद्वारा कृषक समूहलाई पम्पसेट वितरण 

      6/29/2020 गते 00 00 मा प्रकाशित     1341   पटक पढिएको

वीरगन्ज, १५ असार । वीरगन्ज महानगरपालिकाले साना सिँचाई कार्यक्रम अन्तर्गत महानगरपालिकाका ३२ वटा वडाका कृषक समूहलाई पम्पसेट सहित कृषि सामग्री वितरण गरेको छ । ३२ वटै वडमा गठन गरिएको ३३ वटा कृषक समूहलाई ३३ थान पम्प सेट, बिषादि छर्ने स्प्रेयर र त्रिपाल र बीउ राख्ने झोला वितरण गरिएको हो ।

कृषक समूहलाई महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले पम्पसेट लगायतका कृषि सामग्री वितरण गर्नुभएको थियो । साना सिँचाई अन्तर्गत कृषक समूहलाई वितरण गरिने पम्पसेट तथा कृषि सामग्रीहरु फागनु महिनामा एक महिनाको म्याद राखेर सूचना प्रकाशन गरिएकोमा बीचमा लकडाउनका कारण निवेदन अपुग भएपछि पुनः एक हप्ताको म्याद थप गरेर सूचना प्रकाशित गरेपछि सोही अनुसार आएका निवेदनको आधारमा कृषक समूहलाई वितरण गरेको हो ।

८५ प्रतिशतको अनुदानमा पम्पसेट, ७५ प्रतिशत अनुदानमा ५० वटा त्रिपाल, ७५ प्रतिशतको अनुदानमा ५० स्प्रे मेशिन र निःशुल्क रुपमा बीऊ राख्ने हर्मेटिक ब्याग १० वटाको दरले आज सोमबारदेखि वितरण गरेको महानगरपालिकाको कृषि महाशाखाकी प्रमुख उर्मिला श्रेष्ठले जानकारी दिनुभयो ।

साना सिँचाई अन्तर्गत कार्यविधिहरु प्रमाणिकरण भएर आउन समय लागेकोले यसपटक पम्पसेटहरु मात्रै वितरण गरिएको उहाँले बताउनुभयो । एउटा समूहमा १५ देखि २५ जनासम्मको समूहले यसबाट लाभान्वित हुने उहाँले बताउनुभयो । कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप नैरौला, नगरप्रमुखका राजनीतिक सल्लाहकार मुकेश कुमार द्विवेदी, स्थानीय कृषक समूहका किसानहरु लगायतको उपस्थिति रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.