logo

नागरिकता विधयेकको विरोधमा कांग्रेस र जसपाद्वारा प्रदर्शन 

      6/29/2020 गते 00 00 मा प्रकाशित     808   पटक पढिएको

राज्य व्यावस्था तथा शुसासन समितिले पारित गरेको नागरिकता विधेयकको बिरोधमा सोमबार वीरगंजमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले धर्ना दिएको छ ।
कम्युनिष्ट सरकारले विभेदकारी नागरिकता विधेयक  ल्याएको भन्दै त्यसलाई फिर्ता गर्नु पर्ने माग गरेका गर्दै धर्ना दिएका हुन् । सरकारले विधेयक फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् । 

कम्युनिष्ट सरकारले राष्ट्रवादको नाममा विभेदकारी नागरिकता विधेयक ल्याएर परम्परादेखीको भारत र नेपाल बिचको सम्बन्ध बिग्रान खोजेको धर्नामा सहभागिहरुको आरोप लगाएका छन् । 
धर्ना कार्यक्रममा सहभागिता जनाउदै सांसद देखी विभिन्न पार्टीका नेताहरु पनि नागरिकता विधेयकको बिरोध गरेका छन् ।

बिरोधको कार्यक्रममा कार्यक्रममा नेपाली कांग्रेसका पर्सा सभापति अजय द्विवेदी, पूर्व सांसद अनिल रुंगटा, जिल्ला स सचिव श्याम पटेल, जनता समाजवादी पार्टीका नेता सीपु तिवारी, शशीकपुर मियाँ, मुकेश द्विवेदी, तवरेज अहमद लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.