बारामा चट्याङ लागेर चारजना महिलाको मृत्यु भएको छ । आज बिहान आएको पानीसंगै परेको चट्याङले कलैया उपमहानगरपालिका वडा नम्बर १२ शीतलपुरका दुईजना र फेटा गाउँपालिका १ त्रिवेणीका दुईजना गरी चारजना महिलाको ज्यान गएको हो ।
कलैया १२ की ३५ बर्षीया आशादेवी महतो र ४५ बर्षीया अलिमा खातुन तथा फेटा गाउँपालिका वडा नम्बर १ की त्रिवेणीकी ३० बर्षिया सिन्दुदेवी र ४० बर्षिय सुनरपती देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जाकारी दिनुभयो ।
कलैयाका मृतक दुबैजना महिला बिहान ७ बजे धान रोपाइँका लागि खेततिर गएको बेला चट्याङ लागेर मृत्यु भएको उहाँले बताउनुभयो । त्यस्तै फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणीमा भने घरमा बसीरहेको अवस्थामा चट्यांग लागेर दुईजनाको मृत्यु भएको हो ।
चट्याङ लागेर फेंटा गाउँपालिका-१ कै बच्वा देवी,राजपती देवी,कान्ति देवी,उमा देवी, लिलावती देवी,शोशिता देवी र शीला देवी गम्भीर घाइते भएको र उपचारकालागी वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ । खेत रोपाइँ गर्ने क्रममा महिलाहरुलाई चट्याङ लागेको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी गराउनु भयो । मृत्यु भएका चारजना महिलाको शव अहिले कलैया अस्पतालमा राखिएको छ ।
तपाईको प्रतिक्रिया