logo

ग्यासको पाइप लिक हुदा भएको आगलागीमा एकको ज्यान गयो दुई घाइते 

      7/3/2020 गते 00 00 मा प्रकाशित     1025   पटक पढिएको

 पर्साको जगरनाथपुर गाउँपालिका वडा नं २ दसौतामा ग्याँसको पाइप लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार आगलागीमा परि ७५ वर्षिया शारदा देवी कुशवाहाको ज्यान गएको छ । २२ बर्षिय उमेश साह र  २० बर्षिय मनिता देवी घाइते  भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयो  । उमेश र मनिता श्रीमान श्रीमती हुन । 

 

बुधवार राति खाना पकाउने क्रममा ग्याँसको पाइप लिक भएर गणेश साहको पक्की घरमा आगलागी भएको थियो । शारदा देवी भाग्न नसकेकै कारण ज्यान गएको हो । अन्यहरु कपडा खोलेर भागेका थिए । 

 

 शारदा देवीको वीरगंजस्थित नारायणी अस्पतालममा शव परिक्षण भएपछि बिहिबार सांझ नै दाहसंस्कार गरिएको हो ।

घाइतेहरूको सीमावर्ती भारतको इनर्वास्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

 

आगलागीमा परी लत्ताकपडा, फर्निचर, अन्न गरी दुई लाख रुपैयाँभन्दा बढीको धनमाल पनि जलेर नष्ट भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिनु भाये।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.