logo

बिकासकालागि बिश्वसनीय संरचना बनाएर आउनुहोस सहयोग गर्छुः महानगर प्रमुख सरावगी

      7/4/2020 गते 00 00 मा प्रकाशित     1683   पटक पढिएको

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले आउने आर्थिक वर्षमा बीरगंजमा करिब एक लाख बिरुवा रोपिने र त्यसकोलागि रकम बिनियोजन गरिएको बताउनु भएको छ ।

 

बीरगंज महानगरको वडा नं १४ मा ग्यालेक्सी युथ क्लबले आयोजना गरेको बृक्षारोपण कार्यक्रमको उद्धघाटन गर्दै महानगरप्रमुख सरावगीले यस्तो बताउनु भएको हो । उहाँले प्रकृतिको जथाभावी दोहनका कारण मानव सभ्यताले कोरोना जस्तो महामारी पहिला पनि सामना गर्नु परेको चर्चा गर्नु भयो । मानव जीवनकालागि अक्सीजनको आवश्यकताको चर्चा गर्दै त्यसको आपूर्ती बृक्षले मात्र गर्ने कुरालाई आमरुपमा जनताले बुझ्नु जरुरी रहेको बताउनु भयो । 

 


उहाँले राम्रो काम गर्नेहरुलाई प्रोत्साहित गर्ने भन्दा पनि खुट्टा तान्ने प्रवृति समाजमा रहेको चर्चा गर्दै त्यही कारणले समेत हाम्रो दिमागमा  बिकास नभएको बताउनु भयो । पहिला सोच्ने तरिका सकारात्मक हुन जरुरी रहेको चर्चा गर्दै सकारात्मक सोचाईले नै दिमागमा बिकासको बिजारोपण हुने बताउनु भयो । मेरो पार्टीमा मेरा बिरुद्धनै मान्छेहरु दिनरात नभनी लागरिहेका हुन्छन तर गर्नु के पथ्र्यो म जस्तो मान्छेलाई बिकासका निम्ति उपयोग गर्नु पथ्र्यो त्यो हुन सकेको छैन ।

 

उहाँले भन्नु भयो“ मैले प्रमुख भएर दुई पैसा खानु छैन तर खानेले खाइरहेको तपाईहरुलाई पनि थाहा छ म भौतिक तथा सामाजिक बिकासको दिशामा अगाडि बढन चहान्छु त्यसकालागि तपाईहरुको सहयोग चाहिएको छ ”।  


महानगर प्रमुख सरावगीले बिकासको कामकालागि समाजमा बिश्वसनीय संरचनाहरु बनाउनहोस र आउनुहोस म सहयोग गर्न तयार छु । 


कार्यक्रममा उपप्रमुख शान्ति कार्कीले पनि महानगरको तर्फबाट उपलब्ध गराउनु पर्ने सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो ।

 

ग्यालेक्सी युथ क्लबका अध्यक्ष राजेश पटेलको अध्यक्षतामा भएको सो कार्यक्रममा सतीसाल,गुलमोहर सहितका बिभिन्न प्रजातिका ८० बिरुवा वृक्षारोपण गरिएको थियो । पिप्रामा  रहेको धर्मशाला,सातोमाई मन्दिर र ब्रम्हबाबा मन्दिर प्रागंणमा सो बिरुवाहरु रोपिएको क्लबका अध्यक्ष राजेश पटेलले जानकारी दिनुभयो ।

 

कार्यक्रममा नेपाली काँग्रेसका नेता रामनारायण कुर्मी,वडा अध्यक्ष भरत कुर्मी,नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी. लामिछाने,पुरुषोत्तम पटेल ,रामाशिष पटेल,नेकपा युवा नेता अनिल पटेल,क्लवका राजेश्वर पटेल, वेदप्रकाश कुर्मी,हरेराम पटेल,श्यामबाबु प्रसाद,नविन राम,शत्रुधन पटेल,कसिम मियाँ ,वृशेश्वर पटेल लगायतको सहभागिता रहेको थियो । धर्मशालामा आयोजित कार्यक्रमको सहजीकरण क्लवका सचिव साजन पटेलले गर्नु भएको थियो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.