Friday, 27 June 2025, 2:08:20 pm

किसानकालागि बिनियोजन गरिएको छ करोड रकम काम गर्न नसक्दा फ्रिज

      7/10/2020 गते 00 00 मा प्रकाशित     940   पटक पढिएको

किसान केन्द्रीत रकम काम गर्न नसकेका कारण फ्रिज भएको छ । कृषकले गरेको परिश्रमलाई सफल बनाउनकालागि सरकारले बिभिन्न काम गर्न रकम बिनियोजन गरेको थियो ।

तर सरकारी काम कहिले जाला घाम भन्ने प्रवृतिका कारण लाचार भएका सरकारी अड्डाका कारण किसानले पाउने सुबिधा फ्रिज भएको हो । 


सिचाईको ब्यवस्थापन,गुणस्तरीय बीउको समयमै मलको उपब्धता कृषि बजारकालागि सेड निर्माण ,कृषि उपजको बजार सम्मको पहुच स्थापितकालागि कृषि सडकको निर्माण ,पकेट ब्लकको निर्माण आदि कामकालागि प्रदेश सरकारले कृषि ज्ञान केन्द्र पर्सामा मार्फत उपलब्ध गराएको ६ करोड रुपैया फ्रिज भएको हो । 


तर यो रकमबाट कृषि ज्ञान केन्द्रले तालिम र गोष्ठीहरु मात्र संचालन गर्यो । किसानको आवश्यकता अनुसारका अन्य काम भने हुन सकेन । लकडाउनका कारण अन्य काम हुन नसकेको कार्यालयको तर्क रहेपनि तालिम गोष्ठी भने सम्पन्न भएको छ । 


कार्यालयले लकडाउनलाई आफनो अयोग्यता छोप्ने अस्त्र बनाएको छ ।

कार्यालयका प्रमुख डा. रामचन्द्र यादवले कार्यविधि बनाउन ढिलो भएको र बनिसकेपछि लकडाउन भएकोले काम नभएको जिकिर गनुृ भएको छ ।

 

लकडाउनका कारण कार्यविधि तयार भएपनि काम हुन नसक्दा रकम फ्रिज भएको उहाँको भनाई छ । कृषि ज्ञान केन्द्रले असार १ गते देखि आफनो कार्यालय संचालन भएको जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु