logo

हुलाकी न्यूजडटकम र त्यसका सम्पादक बिपी साह बिरुद्ध प्रेस काउन्सिलमा उजुरी

      7/11/2020 गते 00 00 मा प्रकाशित     1122   पटक पढिएको

हुलाकी न्युज डटकमले केही दिन यता मुख्यमन्त्री लालबाबु राउतको चरित्र हत्या गर्ने गरि तथ्यलाई तोडमडो गर्दै समाचार संप्रेषण गरेको भन्दै प्रेस काउन्सिलमा अनलाइन उजुरी दर्ता गराइएको छ ।

मुख्यमन्त्रीका संचार सचिवालयका संयोजक अतिश कुमार मिश्रले हुलाकी न्युज डटकम र त्यसका सम्पादक बिपि साह माथी पत्रकार अचार सहिता बिपरित तथ्यलाई तोडमडो गरेर निरन्तर समाचार सम्प्रेषण  गरेको भन्दै पत्रकार आचार संहिता २०७३ को दफा ४ को उपदफा ६,७ उल्लंघन गरेको हुँदा पत्रकार आचार संहिता २०७३को दफा ६ र प्रेस काउन्सिल ऐन २०४८को दफा १२को उपदफा १ बमोजिम  उजुरी दर्ता गरि पत्रकार आचार संहिता २०७३को दफा ७ र प्रेस काउन्सिल ऐन २०४८को दफा १२ को उप दफा २ (ख) बमोजिम कारबाही गरि पाँउ भनि निवेदन दर्ता गराएका छन ।

हुलाकी न्युजले सम्प्रेषण  गरेको समाचारहरुमा ‘कमिसनको खेलमा मुख्यमन्त्री, १२ ठेक्का–पट्टा कम्पनीकै नाममा बजेट’ शिर्षकमा लेखिएको समाचारमा पत्रकार विपि साहले मुख्यमन्त्री कार्यालयले कम्पनीको नामै तोकेर बजेट व्यवस्थापन गरि भ्रष्टाचार गरेको भनि लेखेकोमा बजेटमा व्यवस्था भएको उक्त शिर्षक गत वर्षको बक्यौता भूक्तानी गर्ने संसदीय समितिको निर्णय अनुसार संसदीय विकास कोषको शिर्षक रहेपनि पित्त पत्रकारिता तहत मा. मुख्यमन्त्री ज्यूको चरित्र हत्या गर्ने प्रयास गरेको दाबी उजुरीमा गरिएको छ  ।

 

त्यसै गरि मुख्यमन्त्रीको फोटो झुण्ड्याउन दुई करोड खर्चिदै शिर्षकको समाचारमा मुख्यमन्त्रीको फोटो झुण्ड्याउन २ करोड खर्चिदै भनि लेखेको भएपनि उक्त शिर्षक प्रदेशको मात्र नभई देशकै चर्चित कार्यक्रम मुख्यम मन्त्री बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता अभियानको प्रचार प्रसार एवं जनचेतना मुलक सामग्रीहरुको प्रकाशनको लागी रहेकोमा निजले मुख्यमन्त्रीको चरित्र हत्या गर्ने प्रयास गरेको दाबी गरिएको छ  ।  

 

अस्पतालमा जीवनजल नपाउने प्रदेशका मुख्यमन्त्री पिउँछन् १३ लाखको पानी  शिर्षकको समाचारमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रयोग गर्न छुट्टयाइएको पानीको बजेटको शिर्षकलाई तोड मडो गरि मुख्यमन्त्रीले मात्रै पिउछन १३ लाखको पानी भनी  मुख्यमन्त्रीको  चरित्र हत्या गर्ने प्रयास गरेको दाबी गरिएको छ ।

प्रेस काउन्सीलले मांग दाबी बमोजिम कारबाही नगरे हुलाकी न्युज र त्यसका सम्पादक विपि साह माथि साइबर क्राइम अन्तर्गत कारबाहीको प्रक्रिया अगाडी बढाइने चेतावनी समेत दिइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.