logo

बीरगंजको मुख्य शहरको ट्राफिक ब्यवस्थापनकालागि नीजिक्षेत्रद्वारा डिभाइडर हस्तान्तरण

      7/11/2020 गते 00 00 मा प्रकाशित     1163   पटक पढिएको


बीरगंजको ट्राफिक ब्यवस्थापनमा नीजी क्षेत्रले आवश्यक सहयोग उपलब्ध गराएको छ । बीरगंजको ब्यवसायीक ग्रुप शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रा.ली.,जगदम्बा कंक्रिटो प्रा.ली. जगदम्वा एसएस प्रा.ली.ले ८० थान सडक डिभाइडर हस्तान्तरण गरेको छ । 

संस्थागत सामाजिक उतरदायित्व  अन्तर्गत बीरगंज महानगरपालिकाको कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा लाई बीरगंज शहर भित्र ट्राफिक ब्यबस्थापन गर्नलाई  डिभाइडर हस्तान्तरण गरिएको हो ।

 

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगी  र श्री जगदम्बा ग्रुप का अध्यक्ष आदरणीय राजेश अग्रवाले पर्सा प्रहरी प्रमुख गंगा पन्तलाई डिभाइडर हस्तान्तरण गर्नु भएको हो । 


पर्सा प्रहरी प्रमुख पंतको ब्यवस्थित बीरगंज बनाउने अभियानलाई टेवा पुग्ने गरि डिभाइडर ब्यवस्थापन गरिएको हो । डिभाइडरको सहयोगले बीरगंजमा लेन अनुशासन कायम गर्न मद्धत पुग्ने बिश्वास महानगर प्रमुख सरावगीले ब्यक्त गर्नु भयो ।

 
बीरगंजको मुख्य सडकको ट्राफिक ब्यवस्थापनमा नयाँ प्रयोग गरिदैछ । घण्टाघर देखी माइस्थान सम्म रहेको दोहोरो मार्गमा ( टु बे ) डिभाइडर राखिने छ ।

 

पहिला सडकको एउटा साइडमा हुदै आएको पार्किङलाई हटाइएको छ । यातायात संस्थानको जमिनमा पार्किङको ब्यवस्था गरिएको छ । सडकलाई पार्किङ बनाउन नहुने  र पुरानै पार्किङ ब्यवस्थालाई कायम राख्नु पर्ने बिषय पनि उतिकै उठिरहेको छ । 


शहर भित्र सडक अनुशासन कायम गर्न,राम्रो सफा सुग्घर देखाउन र आवत जावतमा सहजता प्रदान गर्नकालागि नयाँ गर्न खोजिएको ब्यवस्थाले मद्धत गर्ने पर्सा प्रहरी प्रमुख पंतको भनाई छ । परिर्वतनकालागि प्रयास गर्नु पर्छ उहाँले भन्नु भयो “कुनै न कुनै बिन्दुबाट शुरु गर्नु पर्छ हामीले चाहेमा सुधार सम्भव छ । 


डिभाइडर हस्तान्तरण कार्यक्रममा महानगरका कार्यकारी प्रमुख प्रदीप निरौला, ट्राफिक प्रहरी प्रमुख कमल पंडित लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.