logo

पुत्र बियोगको पीडामा रहेका कुर्मीलाई नगरप्रमुख साहको सहयोग

      7/12/2020 गते 00 00 मा प्रकाशित     923   पटक पढिएको

बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्र साहले पीडामा परेको एक परिवारलाई आइतवार आर्थिक सहयोग गर्नु भएको छ ।

बहुदरमाई नगरपालिका वडा नं ९ निवासी किशोरी राउत कुर्मीलाई पचास हजार रुपैया सहयोग उपलब्ध गराउनु भएको हो । 


कोरोनाको बिश्वब्यापी महामारीका वीचमा बिदेश रोजगारीकालागि गएको छोरा दुर्घटनामा परि निधन भएको पीडा त थियो नै ।

लकडाउनका कारण शव नेपाल ल्याउन सक्ने अवस्थामा पनि रहेन । दुर्घटनामा निधन भएका छोराको शव निधन भएको २० दिन पछि नेपाल आइपुग्यो ।

 

उहाँका पुत्र बैदेशीक रोजगारीमा २ वर्ष अघि कतार जानुभएको थियो । पुत्र बियोगको यो पीडामा रहनु भएका कुर्मीलाई क्रिया खर्च समेत नभएको अवस्थामा नगरपालिकाको तर्फबाट नगरप्रमुख साहले आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको हो । 


लकडाउन खुकुलो भएपछि १२ दिन अगाडि मात्र कुर्मीका छोराको शव नेपाल ल्याउन सकिएको थियो । बहुदरमाई नगरपालिकाले दुर्घटना वा अन्य आकस्मिक रुपमा आफना नागरिकको निधन हुदा क्रिया खर्चलाई सहयोग पुगोस भन्नाकालागि पचास हजार रुपैया सहयोग गर्ने नीति नगरपालिकाले लिएको प्रमुख साहले बताउनु भयो । कुर्मी आर्थिक रुपमा पनि गरिब परिवारको हुनुहुन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.