४९ वर्षिया महिला कैदीको असार ३१ गते राती साढे ११ बजे मृत्यु भएको छ । (खैरो हिरोइन) लागू औषध मुद्दामा कैद भुक्तान गरिरहेकी वीरगन्ज महानगरपालिका वडा नम्बर १५ की ४९ बर्षीया कान्तिह भन्ने सविला खातुनको मृत्यु भएको वीरगन्ज कारागारका जेलर श्रवण पोखरेलले जानकारी दिनुभयो ।
१५ वर्ष अघि लागूऔषध मुद्दामा पर्सा जिल्ला अदालतले १५ बर्ष कैद र रु ५, लाख जरिवाना फैसला गरेको थियो । खातुनलेले १५ वर्ष कैदा भूक्तान गसिक्नु भएको थियो । अदालतले गरेको जरिवाना रकम तिर्न नसकेपछि जरिवाना बापतको कैद भूक्तानकालागि उहाँ कारागारमा हुनुहुन्थ्यो । जरिवाना बापत खातुनले थप ४ वर्ष कैद बस्नु पर्ने थियो ।
खातुनमा लामोसमयदेखि चर्म रोगको समस्या रहेको थियो । राती एउकसी बेहोस भएपछि खातुनलाई उपचारकोलागि नारायणी अस्पतालमा उपचारकोलागि लगिएको थियो । अस्पताल पुगेपछि खातुनलाई अस्पतालले मृत घोषीत गरेको हो । खातुनको हृदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ ।
तपाईको प्रतिक्रिया