logo

गाउँको प्रगतीमा अवरोध सृजना गर्ने र समाजको शान्ति भंग गरेको अरोपमा दुई जना पक्राउ

      7/23/2020 गते 00 00 मा प्रकाशित     1319   पटक पढिएको

गाउँको बिकासमा अवरोध सृजना गरेर गाउँ समाजको प्रगतीको बाधक बनेको कालिकामाई गाउँपालिका वडा नं ४ का सन्जय कुमार साह गोंढ र रन्जीत कुमार साह बिरुद्ध प्रहरीले सार्वजनीक मुद्धा दर्ता गरेर कारवाही शुरु गरेको छ । 

 


बिकासका काममा अनावश्यक रुपमा भाँजो हाल्ने,सामाजिक शान्ति भंग गर्ने,समाजका कमजोर इमान्दार ब्यक्तिहरु उपर भौतीक आक्रमण गरेर आतंकको अवस्था सृजना गर्दै आइरहेका उनीहरुलाई प्रहरीले अहिले आएर लगाम कसेको छ । उनीहरुलाई सहयोग गर्ने ध्रब साह गोढ लगायतका मान्छेहरु सीमा पार भागेका छन । 

 


जनताको मतबाट निर्वाचित जनताका प्रतिनिधिले आफनो गाउँको बिकासकालागि ल्याएका योजनाहरुलाई असफल पार्न भूमिका निर्वा गर्ने र जनप्रतिनिधिलाई भौतीक आक्रमण समेत गर्ने अराजकता प्रर्दशन गर्दै आइरहेका उनीहरुलाई सार्वजनीक अपराध अन्र्तगत मुद्धा दर्ता गरेर प्रहरीले अनुसन्धान शुरु गरेको छ । 

 


पर्शुरामपुरमा सडकको निर्माण कार्य भइरहेको बेला सूर्जाहबाट गिट्टीबालुवा ल्याउदा सूर्जाहको हिलाम्मे बाटोमा पटरीमा काँटी ठोकेर सडकमा राख्ने सम्मका काम उनीहरुबाट स्थानीयले बताएका छन ।  गिट्टी बालुवा बोक्ने सावारी पन्चर भएर अडकियोस भन्ने उद्धेश्यले पटरीमा काँटी ठोकेर सकडमा राखिएको स्थानीयले बताएका छन । 


त्यती मात्र होइन सर्वसाधारणलाई कुटपिट गर्ने, निर्वाचित जनप्रतिनिधीलाई धम्क्याउने, त्यही वडामा गएको निर्वाचनमा नेपाली कांग्रेसका प्रत्यासी रहेका उमेश कलवारको हात समेत भाँची दिएका दिए ।

 

कलवारको संगको मुद्धा अहिले पनि चली रहेको कलवारले बताउनु भयो ।  राष्ट्रसेवक महिला कर्मचारीलाई कार्यकक्षमै गएर अभद्र व्यवहार गर्ने र गाउँमा झैझगडाको माहौल निम्त्याई राख्ने लगायतका दर्जन गैरकानुनी र गैरसामाजिक कार्यमा उनीहरुका कारण पर्शुरामपुरका बासिन्दा आजित भएका थिए । प्रहरीको पछिल्लो कामले स्थानीयले राहतको अनुभव गर्न पाएका छन । 

 

तर आश्चर्यको कुरा त के छ भने नेपाली कांग्रेसका नेताहरु उनीहरुलाई छुटाउन लागेको छ ।  नेपाली कांग्रेसका नेताहरुको यो रबैया प्रति भने स्थानीय कांग्ेसजन भने नाखुश छन । कांग्रेसका साथनीय कार्यकर्ताले गलत गर्नेहरुको पक्षपोषण नगर्नकालागि पर्साको पार्टी नेतृत्वलाई सन्देश दिएका छन । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.