logo

गाउँको प्रगतीमा अवरोध सृजना गर्ने र समाजको शान्ति भंग गरेको अरोपमा दुई जना पक्राउ

      7/23/2020 गते 00 00 मा प्रकाशित     1169   पटक पढिएको

गाउँको बिकासमा अवरोध सृजना गरेर गाउँ समाजको प्रगतीको बाधक बनेको कालिकामाई गाउँपालिका वडा नं ४ का सन्जय कुमार साह गोंढ र रन्जीत कुमार साह बिरुद्ध प्रहरीले सार्वजनीक मुद्धा दर्ता गरेर कारवाही शुरु गरेको छ । 

 


बिकासका काममा अनावश्यक रुपमा भाँजो हाल्ने,सामाजिक शान्ति भंग गर्ने,समाजका कमजोर इमान्दार ब्यक्तिहरु उपर भौतीक आक्रमण गरेर आतंकको अवस्था सृजना गर्दै आइरहेका उनीहरुलाई प्रहरीले अहिले आएर लगाम कसेको छ । उनीहरुलाई सहयोग गर्ने ध्रब साह गोढ लगायतका मान्छेहरु सीमा पार भागेका छन । 

 


जनताको मतबाट निर्वाचित जनताका प्रतिनिधिले आफनो गाउँको बिकासकालागि ल्याएका योजनाहरुलाई असफल पार्न भूमिका निर्वा गर्ने र जनप्रतिनिधिलाई भौतीक आक्रमण समेत गर्ने अराजकता प्रर्दशन गर्दै आइरहेका उनीहरुलाई सार्वजनीक अपराध अन्र्तगत मुद्धा दर्ता गरेर प्रहरीले अनुसन्धान शुरु गरेको छ । 

 


पर्शुरामपुरमा सडकको निर्माण कार्य भइरहेको बेला सूर्जाहबाट गिट्टीबालुवा ल्याउदा सूर्जाहको हिलाम्मे बाटोमा पटरीमा काँटी ठोकेर सडकमा राख्ने सम्मका काम उनीहरुबाट स्थानीयले बताएका छन ।  गिट्टी बालुवा बोक्ने सावारी पन्चर भएर अडकियोस भन्ने उद्धेश्यले पटरीमा काँटी ठोकेर सकडमा राखिएको स्थानीयले बताएका छन । 


त्यती मात्र होइन सर्वसाधारणलाई कुटपिट गर्ने, निर्वाचित जनप्रतिनिधीलाई धम्क्याउने, त्यही वडामा गएको निर्वाचनमा नेपाली कांग्रेसका प्रत्यासी रहेका उमेश कलवारको हात समेत भाँची दिएका दिए ।

 

कलवारको संगको मुद्धा अहिले पनि चली रहेको कलवारले बताउनु भयो ।  राष्ट्रसेवक महिला कर्मचारीलाई कार्यकक्षमै गएर अभद्र व्यवहार गर्ने र गाउँमा झैझगडाको माहौल निम्त्याई राख्ने लगायतका दर्जन गैरकानुनी र गैरसामाजिक कार्यमा उनीहरुका कारण पर्शुरामपुरका बासिन्दा आजित भएका थिए । प्रहरीको पछिल्लो कामले स्थानीयले राहतको अनुभव गर्न पाएका छन । 

 

तर आश्चर्यको कुरा त के छ भने नेपाली कांग्रेसका नेताहरु उनीहरुलाई छुटाउन लागेको छ ।  नेपाली कांग्रेसका नेताहरुको यो रबैया प्रति भने स्थानीय कांग्ेसजन भने नाखुश छन । कांग्रेसका साथनीय कार्यकर्ताले गलत गर्नेहरुको पक्षपोषण नगर्नकालागि पर्साको पार्टी नेतृत्वलाई सन्देश दिएका छन । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.