logo

एउटा चिकित्सकको चित्कार शवलाई सम्मान गर्ने सभ्याता संकटमा पर्यो सहयोग गर्नुहोस

      7/26/2020 गते 00 00 मा प्रकाशित     3364   पटक पढिएको

एक दिन अघि सामाजिक संजालमा डा.निरज सिंहले सम्मानजक मृत्युको बिषयमा मार्मिक पोष्ट साझा गर्नु भयो । मरच्यूरी क्याबिनेट विथ रेफरिज्रेटर (फ्रिजर)को आवश्यकताको बारेमा उहाँले पोष्ट साझा गर्नु भएको हो ।

 

पर्सामा  बिपत ब्यवस्थापन समितिका कतिपय बैठकमा उहाँले यो कुरा उठाउदै आउनु भएको थियो । तर  बैठकमा डा.निरज सिंहका कुरालाई गम्भिरतापूर्व लिने भन्दा पनि हाँसेर उडाउने धेरै थिए । 


आज परिणाम हेर्दा डा.सिंहले उठाएको कुरा बेलैमा ब्यवस्थापन गर्न सकेको भए मृत शरिरले पनि सम्मान पाउथ्यो । तर आज आफन्तजन इष्टमित्र धन सम्पती हुदा हुदै पनि शवहरु बेवारिसे भएका छन ।

 

बिपत ब्यवस्थापनका नाममा बैठक गोष्ठी र सेमिरनारहरु भए । त्यसमा फगत भाषण बाहेक केही हुदो रहेनछ भन्ने कुराको पुष्टि यतिवेला आएर भएको छ । 

 


बीरगंजको अस्थायी कोभिड अस्पताल जुन सम्झौता अनुसार साउन १८ गते सम्मकालागि मात्र त्यो भवन उपलब्ध गराइएको छ । जसको नविकरण नहुने चर्चा चलिरहेको छ । दैनीक संक्रमीत फेला परेको यो अवस्थामा अव होम आइसोलेशनको प्रोटोकल पनि आएको छ । लक्षण सहितका संक्रमीत बढे भने के हुन्छ ? यसको जवाफ दिने कोही देखिदैन । 

 


कोभिड अस्पताल गण्डकमा आइतवार बिहानर एक ब्यवसायीको उपचारको क्रममा मृत्यु भएको छ । उहाँको शव अहिले पनि अस्पतालको इमरजेन्सीमा छ । इमरजेन्सीमा ७ वटा बेड रहेका छन ।

 

त्यो शव त्याहा बाट ब्यवस्थापन नगर्दा सम्म इमरजेन्सी वार्ड नै उपयोग बिहिन हुन्छ । यो बेलामा डा. निरज सिंहले दिएको सुझाव अनुसार शव राख्नकोलागि मरच्यूरी क्याबिनेट विथ रेफरिज्रेटरको ब्यवस्था गर्न सकेको भए इमरजेन्सी उपयोगमा पनि आउथ्यो र शवले अन्तिम शतगत नहुदा सम्म सम्मानपूर्ण ठाउ पाउथ्यो ।

 

ब्यवस्थापकिय हिसावले जिम्मेवार निकायहरु चुक्नुको परिणाम हो यो । आज एउटा मात्र ब्यक्तिको मृत्युले यो अवस्था ल्याएको छ । यो मानव सभ्यातालाई नं संकटमा पार्न सक्ने महामारीमा अन्य पनि मृत्युका घटना हुन सक्छन भन्ने कुराको हेक्का ब्यवस्थापनको जिम्मेवारीमा बसेकाहरुले लिन जरुरी छ । 

 


डा. सिंहले आफ्नो पोष्टमा ब्यवस्थापनको जिम्मेवारीमा बसेकाहरुले यस्तो कुरा नबुझेको हुनाले नै आम दाताहरु गुहार लगाउनु भएको हो । सरकारले यसलाई गम्भिरता पूर्वक नलिएपछि एउटा चिकित्सकले बीरगंजका दातालाई गुहार लगाउनु भएको छ । बीरगंजका दाताहरुले हरेक संकटमा आफूलाई अगाडि सारेर संकट ब्यवस्थापनमा  हातेमालो गरे छन ।

 

के एउटा शव, भोली त्यसमा जो पनि हुन सक्छ त्यसलाई सम्मानपूर्ण रुपमा राख्नकालागि एउटा चिकित्सकको अपिललाई बीरगंजका दाताहरुले सहयोग पु¥याउने छन ? । ब्यवस्थापकीय रुपमा अवस्था यही रह्यो भने धेरै पर्खिनु पर्दैन हामी असफल हुनेछौ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.