logo

नशामा धुत सेवाग्राहीले कार्यालयमै कर्मचारी कुटे, पाडेपुरको प्रहरी मौन, कारवाहीको माँग गर्दै सिडिओलाई गुहार

 इसीमाना सम्वाददाता     २०८० सावन २३ गते ०४: ३५ मा प्रकाशित     372   पटक पढिएको

बीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाका कर्मचारीले सुरक्षाको माँग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा गुहार माँगेका छन । गाउँपालिकाको वडा नं–४ का जैनुल्लाह मिया,भुलावन मिया,ताहिर हुसेन मिया मन्सुरीले लागु औषधको सेवान गरि मात्तिएर कर्मचारीमाथि हातपात गरेका थिए ।

 

आफनो काममा ब्यस्त राष्ट्रसेवक कर्मचारीहरुलाई नशाामा धुत भएर गुणगर्दीशैलीमा कुटपीट गरेको प्रत्यक्षदर्शीले बताएका छन ।उनीहरुको कुटाईबाट उद्यम बिकास शाखाका रमेश शाही,सव इन्जिनियर प्रमोद राम, पिंकु राम योजना शाखा पशुस्वास्थ्य शाखाका असद आलम र उद्यम् बिकास शाखाका महिला कर्मचारी गंगा बि.क.लाई कुटपीट गरेका हुन ।

 

कुटपीट बाट कर्मचारीहरु घाइते भएका छन ।कार्यालयले साउन २१ गते राष्ट्रिय परिचयपत्र सम्बन्धी काम नहुने सूचना प्रकाशीत गरेको थियो ।तर राष्ट्रिय परिचय पत्रको काम नगरिदिएको भन्दै कर्मचारीमाथि कुटपीट गरिएको भन्दै गाउँपालिकाका कर्मचारीहरुले घटनाको निन्दा गरेका छन । २१ गते परिचयपत्रको काम नहुने सूचना पूर्व प्रकाशित थियो ।

 

कामै भएको भएपनि वडा नं ४ को पालो त्यो दिन थिएन एक कर्मचारीले भने “हामी माथिको आक्रमण गुण्डागर्दीको चरम नमुना हो ”।कर्मचारी माथिको आक्रमण एउटा कुरा हो तर आक्रमणकारी कानूनी दण्डको दायरामा नआउनुले त्रासको वतावरण बन्दै गएको कर्मचारीको भनाई छ ।

 

डरको बतावरणमा कर्मचारीमा काम गर्ने मनोवल हुदैन उनीहरुले सुरक्षीत वतावरणमा काम गर्न पाउने वतावरणको प्रत्याभूती गर्न कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी गुहारेका हुन । कर्मचारीहरुले घटना हुने बित्तिकै पाण्डेपुर प्रहरी चौकीलाई घटनाको बारेमा जानकारी दिएका थिए ।

 

ढाडो उजुरी दिएका कर्मचारीहरु प्रहरी कुनै हर्कतमा नआएपछि निराश भएका थिए । सीमा क्षेत्रमा बसेर अनधिकृत कारोवारको आर्थिक नजराना बुझेर बस्ने प्रहरीको प्रथामिकतामा कर्मचारीहरुको गुनासो नपर्नु नौलो कुरा त भएन तर राष्ट्रसेवक कर्मचारीहरुकोलागि समेत काम नलाग्ने प्रहरी जनताकोलागि काम लाग्छ त भन्ने प्रश्न पनि संगै उठेको छ ।

 

कर्मचारीले स्थानीय प्रशासनलाई २ दिनको समय दिएका छन । २ दिन भित्र दोषीलाई कारवाही नगरिए गाउँपालिकाको अत्यावश्यक सेवा बाहेक सबै कामकाज ठप्प पनर्जे चेतावनी दिएका छन। यसबाट सेवाग्राहीमा पर्ने असुबिधाप्रति क्षमा प्रार्थी छौ भनेका छन ।

 

यसैवीच नेपाल निजामती कर्मचारी युनियनका पर्सा अध्यक्ष अमित गिरीले कर्मचारीको सुरक्षाको बिषयलाई सम्बेदनशिल रुपमा लिन आग्रह गरेका छन । सेवाप्रवाहमा संलग्न कर्मचारीहरु उपर भएको दूब्र्यवहारको कडा रुपमा निन्दा गर्दै गिरीले दोषीलाई तत्काल कारवाही गर्न माँग गरेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

ठोरीका कर्मचारीको पक्षमा पालिका अध्यक्ष श्रेष्ठ,सामाजिक संजालमा राखिएका आधारहिन पोष्ट बारे कानूनी बाटो अपनाइने

ठोरी ।ठोरी गाउँपालिकाका कर्मचारीको चरित्र हत्या गर्ने मनसायले  सामाजिक संजालमा पोष्ट गरिएका भ्रामक तथा आधारहीन  बिषय प्रति ठोरी गाउँपालिकाले आफ्नो असहमती सार्वजनीक गरेको छ ।

प्रहरी नायव निरिक्षक यादव ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

बागमती । इलाका प्रहरी कार्यालय कर्मैयाका कार्यालय प्रमुख प्रहरी नायबनिरिक्षक सभाष यादव   ‘बेस्ट पुलिस अफ द मन्थ’ भएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.