logo

नशामा धुत सेवाग्राहीले कार्यालयमै कर्मचारी कुटे, पाडेपुरको प्रहरी मौन, कारवाहीको माँग गर्दै सिडिओलाई गुहार

 इसीमाना सम्वाददाता     २०८० सावन २३ गते ०४: ३५ मा प्रकाशित     511   पटक पढिएको

बीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाका कर्मचारीले सुरक्षाको माँग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा गुहार माँगेका छन । गाउँपालिकाको वडा नं–४ का जैनुल्लाह मिया,भुलावन मिया,ताहिर हुसेन मिया मन्सुरीले लागु औषधको सेवान गरि मात्तिएर कर्मचारीमाथि हातपात गरेका थिए ।

 

आफनो काममा ब्यस्त राष्ट्रसेवक कर्मचारीहरुलाई नशाामा धुत भएर गुणगर्दीशैलीमा कुटपीट गरेको प्रत्यक्षदर्शीले बताएका छन ।उनीहरुको कुटाईबाट उद्यम बिकास शाखाका रमेश शाही,सव इन्जिनियर प्रमोद राम, पिंकु राम योजना शाखा पशुस्वास्थ्य शाखाका असद आलम र उद्यम् बिकास शाखाका महिला कर्मचारी गंगा बि.क.लाई कुटपीट गरेका हुन ।

 

कुटपीट बाट कर्मचारीहरु घाइते भएका छन ।कार्यालयले साउन २१ गते राष्ट्रिय परिचयपत्र सम्बन्धी काम नहुने सूचना प्रकाशीत गरेको थियो ।तर राष्ट्रिय परिचय पत्रको काम नगरिदिएको भन्दै कर्मचारीमाथि कुटपीट गरिएको भन्दै गाउँपालिकाका कर्मचारीहरुले घटनाको निन्दा गरेका छन । २१ गते परिचयपत्रको काम नहुने सूचना पूर्व प्रकाशित थियो ।

 

कामै भएको भएपनि वडा नं ४ को पालो त्यो दिन थिएन एक कर्मचारीले भने “हामी माथिको आक्रमण गुण्डागर्दीको चरम नमुना हो ”।कर्मचारी माथिको आक्रमण एउटा कुरा हो तर आक्रमणकारी कानूनी दण्डको दायरामा नआउनुले त्रासको वतावरण बन्दै गएको कर्मचारीको भनाई छ ।

 

डरको बतावरणमा कर्मचारीमा काम गर्ने मनोवल हुदैन उनीहरुले सुरक्षीत वतावरणमा काम गर्न पाउने वतावरणको प्रत्याभूती गर्न कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी गुहारेका हुन । कर्मचारीहरुले घटना हुने बित्तिकै पाण्डेपुर प्रहरी चौकीलाई घटनाको बारेमा जानकारी दिएका थिए ।

 

ढाडो उजुरी दिएका कर्मचारीहरु प्रहरी कुनै हर्कतमा नआएपछि निराश भएका थिए । सीमा क्षेत्रमा बसेर अनधिकृत कारोवारको आर्थिक नजराना बुझेर बस्ने प्रहरीको प्रथामिकतामा कर्मचारीहरुको गुनासो नपर्नु नौलो कुरा त भएन तर राष्ट्रसेवक कर्मचारीहरुकोलागि समेत काम नलाग्ने प्रहरी जनताकोलागि काम लाग्छ त भन्ने प्रश्न पनि संगै उठेको छ ।

 

कर्मचारीले स्थानीय प्रशासनलाई २ दिनको समय दिएका छन । २ दिन भित्र दोषीलाई कारवाही नगरिए गाउँपालिकाको अत्यावश्यक सेवा बाहेक सबै कामकाज ठप्प पनर्जे चेतावनी दिएका छन। यसबाट सेवाग्राहीमा पर्ने असुबिधाप्रति क्षमा प्रार्थी छौ भनेका छन ।

 

यसैवीच नेपाल निजामती कर्मचारी युनियनका पर्सा अध्यक्ष अमित गिरीले कर्मचारीको सुरक्षाको बिषयलाई सम्बेदनशिल रुपमा लिन आग्रह गरेका छन । सेवाप्रवाहमा संलग्न कर्मचारीहरु उपर भएको दूब्र्यवहारको कडा रुपमा निन्दा गर्दै गिरीले दोषीलाई तत्काल कारवाही गर्न माँग गरेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.