logo

मानवअधिकारकर्मी बजगाईमाथि आक्रमणगर्नेलाई कारवाही गर्न एलायन्सको माँग

 इसीमाना सम्वाददाता     २०८० सावन २३ गते ०८: ०७ मा प्रकाशित     383   पटक पढिएको

सीमरा । राष्ट्रिय मानव अधिकार तथा समाजिक न्याय मञ्च नेपाल(मानव अधिकार एलायन्स )बाराका कोषाध्यक्ष शान्ता कुमारी बजगाई माथी साउन २१ गते भएको कुटपीटको घटना प्रति एलाइन्सले आफनो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

 

गएको आईतवार राती सिमरा स्थित नीजि अवासमा भएको कुटपिट तथा दुर्व्यवहारको घटनाप्रति मानव अधिकार एलायन्स बारा शाखाले बिज्ञप्ति जारी गरि निन्दा ब्यक्त गरेको छ ।

मानव अधिकारको क्षेत्रमा काम गर्दै आएकी बजगाईलाई जीतपुरसिमरा वडा न १ सिमरा बस्ने सन्जिता खत्रीले ब्यक्तिगत रिसइवी साध्न बजगाईकै घरमा गएर कुटपीट र गाली गलौज गरेको स्थानीयले बताएका छन ।

 

कुटपिट गाली गलौज गरेको घटना निन्दनीय रहेको मानव अधिकार एलायन्स बारा शाखाले निकालेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा न ६ का राकेशभक्त पौडेलको मृत्यु पश्चात सरकारी साक्षी रहेकी बजगाईलाई सोही बिषयलाई लिएर बजगाईलाई टारगेट गरिएको हो ।

 

बजगाईले पीडितको न्यायकोलागि निरन्तर आवाज उठाउदै आएकी छिन । न्यायकालागि सरोरकावालाई दवाव सृजना गर्न बनाइएको भिडयोकाकारण पनि बजगाई माथि आक्रमण भएको बताइएको छ ।

 

पीडितको न्यायकालागि मानव अधिकारको लडाईमा अग्रपंक्तिमा रहेर काम गर्दै आएकोले बजगाईलाई अत्तालिएर आक्रमण गरिएको भन्दै मानव अधिकार एलायन्सले कुटपीटमा संलग्नलाई कारवाही गर्न माँग गरेको छ ।

 

मानव अधिकार एलायन्स बारा शाखाका सचिव श्रीराम साहले जारी गरेको बिज्ञप्तिमा बजगाईको घरमै गएर कुटपिट र दुरब्यवहाराको घटनाले मानव अधिकारको आन्दोलन कमजोर बिचलित नहुने भन्दै दोषीलाई कार्वाहीको माग समेत गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

बैशाख १ गतेदेखी कलैयाको बसपार्क ब्यवस्थित रुपमा संचालनमा ल्याइने

कलैया  । कलैया उपमहानगरपालिकाले वडा नं.४ मा रहेको बसपार्क व्यवस्थित तरिकाले संचालन गर्ने भएको छ।

ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु

वीरगंज । वीरगंजको ड्राइपोर्टदेखि बगही जोड्ने सडकमा कल्भर्ट निर्माणको काम सुरु भएको छ ।

खेलकुद

कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलवार सार्वजनिक गरिएको छ ।

वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा  मच्छिन्द्र र नेपाल पुलिस भिड्ने

वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.