logo

शवको शदगत् गर्ने बिषयमा मिलनचोकमा गोली चल्यो ,तीन घण्टाको रस्साकस्सी पछि सुरक्षा निकायले पायो सफलता

      7/31/2020 गते 00 00 मा प्रकाशित     2470   पटक पढिएको

करिब ३ घण्टाको रस्साकस्सी पछि सुरक्षाकर्मीले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका तीनवटा शवलाई शदगत गर्नलागि बीरगंज महानगरको उत्तरमा रहेको जंगलभित्र लग्न सफल भएका छन ।

 

शव सहित खाल्डो खन्नकालागि जेसीवी बाराको जीतपुर बजारबाट पश्चिम तर्फ मोडिने बित्तिकै मिलनचोकमा त्यस क्षेत्रका जनताको उपस्थिति शुरु हुन थालेको थियो ।

 

 मोवाइल मार्फत मिलनचोक आसपासका जनतालाई सुरक्षाकर्मीको प्रतिवाद गर्नकालागि मिलनचोकमा आउन सूचना प्रवाह भयो । एकैछिनमा सैयौ जनताको सहभागिता भयो । शोलखपुर, मिलनचोक कटगेनवा लगायतका गाउँबाट मिलनचोकमा मानिसहरु जम्मा भए । 


उनीहरुले कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकाहरुलाई आफनो क्षेत्रमा शदगत् गर्न नदिने अडान लिएर प्रहरीलाई अवरोध गरे ।

 

मिलनचोकबाट उत्तर तर्फको जंगलमा नेपाली सेनाले तालिम गर्ने स्थान रहेको छ । त्यही स्थानमा सदगत गर्न शव लिएर गएको सुरक्षाकर्मीको टोलीलाई मिलनचोकमा अवरोध सृजना गरिएको थियो । सुरक्षाकर्मीले स्थानीयलाई निकै सम्झाउने प्रयास गर्यो तर स्थानीयले कुरा बुझिदिएनन ।

 

पर्साका प्रहरी प्रमुख गंगा पन्तले  स्थानीयलाई निकै आग्रह गर्नु भयो तर आग्रहले बाटो खोलेन । सुरक्षाकर्मीलाई स्थानीयले पेल्दै लगेपछि भिड तितर बितर गर्न प्रहरीले ६ राउण्ड अश्रुग्यास र ५ राउण्ड हवाई फायर गर्यो । सुरक्षाकर्मीले अन्तत १० बजे शवलाई शद्गत गर्नकालागि जंगल लगे ।

 

मिलनचोकमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको बाक्लो उपस्थिति छ । अहिले त्याहाको अवस्था शान्तिपूर्ण रहेको स्थानीय बुद्धिजीवी प्रकाश अर्यालले बताउनु भएको छ । 


स्थानीयले सुरक्षाकर्मीलाई ढुंगा मुढा समेतले प्रहार गरेका थिए । स्थानीयले भने घाँस दाउरा गर्न जंगल जानु  पर्ने बस्तु भाउ चराउन जंगल जाँदा कोरोना भाइरसको संक्रमण फैलने डरका कारण शवको शदगत् गर्न अवरोध सृजना गरेका हुन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.