logo

यौन दूर्ब्यवहार गरेको आरोपमा १९ वर्षिय युवक गिरफ्तार

      8/2/2020 गते 00 00 मा प्रकाशित     1091   पटक पढिएको

पर्साको जगरनाथपुर गाउँपालिकामा ४ वर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

जगरनाथ गाउँपालिका(२ दसौता बस्ने १९ वर्षीय रुपेश कुशवाहा पक्राउ परेका हुन् । उनले गाउँकै चार वषिर्या बालिकालाई ललाई फकाई ओरिया खोलको बाँध नजिकै रहेको खर घारीमा बलात्कारको प्रयास गरेको आरोप छ ।

शनिबार बिहान खाना खाने बेलामा घरमा छोरी खोज्दा नभेटिएको र खोज्दै जाँदा ओरिया खोला कपडा खोलिएको अवस्थामा भेटिएको बालिकाको बुवाले बताए ।

केटालाई समातेर दुईचार थप्पड हानेको र प्रहरी चौकी, जानकीटोलालाई बुझाएको उनले बताए । युवकलाई जानकीटोलाले ईलाका प्रहरी कार्यालय पोखरिया र पोखरियाले जिल्लामा पठाएको छ ।

बालिकाको स्वास्थ्य जाँच गर्ने, युवकको बयान लिने लगायत अनुसन्धानका काम शुरु गरेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए । अभिभावकले उजुरी दिएपछि बाल यौन दुरुपयोगको कसुरमा मुद्धा चलाइने डिएसपी कुँवरले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

ठोरीका ३१ प्रतिशत विद्यार्थी १२ कक्षामा उत्तीर्ण, पालिका प्रथम बनिन सुवर्णपुरकी छात्रा चौधरी

वीरगंज। १२ कक्षको शुक्रवार प्रकाशित नतिजा अनुसार पर्साको ठोरी गाउँपालिकामा ३.६४ जिपीए अंक प्राप्त गरेर जानुका चौधरीले प्रथम स्थान हासिल गरेकी छिन ।

सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरूद्वारा पैदलयात्रीहरुलाई सर्बत वितरण

वीरगञ्ज । वीरगञ्जको प्रगतिनगर स्थित सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरुले शुक्रवार सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई चिसो सर्बत वितरण गरेका छन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.