पर्सामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएपछि संघ सरकारको ध्यान पनि बीरगंज तर्फ केन्द्रीत भएको छ । स्वास्थ्य तथा जनसंख्या मंत्रालयले पर्सामा देखिएको अवस्था रोकथामकालागि आवश्यक रणनीति अख्तियार गर्न बिशेषज्ञ टोली खटाउने निर्णय गरेको थियो । यद्धपी पर्साका राजनीतिक दलले यस्तो टोली पठाउन सरकारसंग आग्ह गरेका थिए ।
मंत्रालयको निर्णय अनुसार बिज्ञ टोली बीरगंज आइपुगेको छ । टोली डा.दीपेन्द्र रमणको नेतृत्वमा बीरगंज आइपुगेको हो ।
डा.सिंहले कोरोना भाइरसको संक्रमणलाई रोक्ने कसरी काम गर्ने भन्ने बिषयमा स्थानीय सरोकारवालाहरुसंग आवश्यक छलफल भइरहेको बताउनु भयो ।
कोरोना भाइरसको संक्रमण फैलिएका कारण अन्यौलमा रहेको बीरगंजको अवस्थालाई राम्रो बनाउने कुरामा आफनो टोलीको ध्यान रहने उहाँले बताउनु भयो ।
सम्पूर्ण समाजको सहयोगको आवश्यकता छ उहाँले भन्नु भयो “होल सोसाइटीको सहयोग हुनु पर्छ अवस्था राम्रो हुने मेरो बिश्वास छ ।
पछिल्लो पटक बीरगंजमा कन्टयाक्ट ट्रेसिङमा परेका र मास टेस्टिङ हुदा दैनीक कोरोना संक्रमीतहरु फेला परेका छन । पछिल्लो पटक लक्षण सहितका बिरामीहरु देखिएका छन । साउन महिनामा मात्र बीरगंजमा मात्र कोरोना भाइरसको संक्रमणका कारण १२ जनाका ज्यान गइसकेको अवस्था छ ।
यसैबीच, नारायाणी कोरोना विशेष अस्पतालबार आईतबार ७ जना डिस्चार्च भएका छन् । अस्पतालका संयोजक डा. निरज सिंहले ७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको जानकारी दिनु भयो । डिस्चार्ज हुनेमा ३ जना महिला र ४ जना पुरुष रहेका छन् ।
तपाईको प्रतिक्रिया