logo

सानो पाइलाको पहलमा ४० बेडको आइसोलेशन केन्द्र निर्माण फ्रन्टलाइनमा लड्नेहरुलाई राखिने

      8/4/2020 गते 00 00 मा प्रकाशित     1990   पटक पढिएको

सानो पाइला नामको गैर सरकारी समाजिक संस्थाले बीरगंजमा ४० बेडको आइसोलेशन संचालनमा ल्याएको छ । स्थानीय प्रशासनसंगको सबन्वयमा आइसोलेशन संचालनमा ल्याएको संस्थाका कार्यकारी प्रमुख कन्चन झाले बताउनु भयो । 

 


बीरगंजको कलवार धर्मशालामा आइसोलेशन वार्ड निर्माण गरिएको हो । बिश्वस्वास्थ्य  संगठनले निर्धारण गरेको मापदण्ड अनुसारको आइसोलेशन केन्द्र निर्माण गरिएको हो ।

 

आजबाट संचालनमा आएको आइसोलेशन केन्द्र प्रहरीको निगरानीमा संचालन हुने छ । नारायणीअस्पताल, जिल्ला प्रशासन कार्यालय, र जिल्ला प्रहरीकार्यालयको प्रत्यक्ष निगरानीमा रहने आईसोलेसनकेन्द्रमा अंग्रपंक्तिमा रहेर कामगर्दै संक्रमित भएका प्रहरी र सेनाका जवानहरुलाई राखिने प्रवन्ध मिलाइएको छ।


त्यसैगरि सानोपाइलाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)कोमान्यता र मापदण्ड अनुसारका खाद्यवस्तु प्रयोग गर्दै सोही कार्यविधी अनुसारको भोजन बनाउने छ। एउटा निश्चित स्थानमा भोजन पकाएर सुरक्षित रुपमा आइसोलेसनमा रहेकाहरु सम्म सानो पाइलाले पुर्याउने ब्यवस्था मिलाइएको सानो पाइलाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।


सानो पाइलाको यो काममा सहायतानेपाल, बिडफोर नेपाल र बुढानिलकण्ठ स्कूल पूर्व विद्यार्थी समाज ले सघाएको छ । सरकारी संयन्त्र मात्रै एक्लैको प्रयासले यो महामारीपार लगाउन कठिन रहेको बेलामा समाजिक संस्थाहरुको तर्फबाट भएको यो पहल उत्कृष्ट रहेको छ । यस अघि पनि सानो पाइलाले जनकपुर र बीरगंजमा आइसोलेशनमा रहेका नागकिलाई खानाको ब्यवस्थाको गरेको थियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.