काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।
रुपन्देहीका सुमन खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको सीआईबीले जनाएको छ ।
नेपाल–भारत सीमाबाट पक्राउ गरेर प्रहरीले उनलाई काठमाडौं ल्याउँदैछ । यो सँगै सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।
सुरुमा राजश्व अनुसन्धान विभागले १७ जनालाई पक्राउ गरेर सीआईबीलाई साउन २१ गते बुझाएको थियो । अनुसन्धानका लागि सीआईबीले एसएसपी दिनेश आचार्यलाई हङकङ र डीएसपी धर्म भण्डारीलाई भारत पठाएको छ ।
तपाईको प्रतिक्रिया