logo

उपचार नगर्ने अस्पताललाई  कारवाही गर्न नागरिक समाजका बिभिन्न सरोकार समुहको माँग

      8/8/2020 गते 00 00 मा प्रकाशित     1485   पटक पढिएको

 

बीरगंजका अस्पतालहरुले बिरामीलाई उपचार गर्न नमानेको घटना प्रति नागरिक समाजका बिभिन्न सरोकार समुहले आफनो चासो  देखाएका छन ।

 

उनीहरुले व्यक्तिको स्वास्थ्य सेवा प्राप्तिको अधिकार सूनिश्चित गर्न सरोकारवाला निकायलाई अपिल गरेका छन । 

 उपभोक्ता हित संरक्षण मंच प्रदेश २ का अध्यक्ष के.सी. लामिछाने, नेपाल मानव अधिकार संगठन, पर्साका निवर्तमान अध्यक्ष कमलमोहन पोखरेल र जवाफदेहिताका लागि युवा अभियान, पर्साका संयोजक शिवनाथ यादवले शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै बिमारीलाई उपचार नगर्ने अस्पताल र   सम्बद्ध पदाधिकारीलाई जनस्वास्थ्य ऐन २०७५ कारवाही गर्न माँग गरेका छन । 

अन्य रोगका बिमारीलाई कोभिड अस्पताल बाहेकका अन्य अस्पतालमा निर्बाध रुपमा उपचार हुने गरी व्यवस्था मिलाउन पनि माग गरिएको छ ।

 

कोरोना नियन्त्रण गर्न परिक्षणको दायरा बढाउन, सीमामा आवत जावत रोक्न, मापदण्ड अनुसार आवश्यक मात्रमा आइसोलेशन वार्ड र क्वारिन्टिन निर्माण गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।

 

त्यसैगरि बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईले एक बिज्ञप्ति जारी गरि  यही अवस्था दोहोरिरहे सडक आन्दोलनमा उत्रिन सबै वीरगञ्जबासीलाई आग्रह गर्नु भएको छ छ ।

 

राष्ट्रिय युवासंघ नेपाल पर्साका संयोजक मोहम्मद निजामुद्धिन, जनता समाजवादी पार्टीका युवा नेता ओमप्रकाश सर्राफ, इश्वर यादव, अनेरास्ववियूका केन्द्रीय सदस्य जुबेर आलम, अनेरास्ववियू पर्साका सह(संयोजक मित्रदेव यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव सुजित गिरी, नेविसंघ पर्साका कार्यवाहक अध्यक्ष विकेश पटेल, समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्ष एजाज बाबु राकीले पनि संयुक्त बिज्ञप्ति निकालेर युवाहरुले स्थानीय प्रशासनको बिरोधमा सडकमा उत्रिने चेतावनी दिएका छन् ।

 

उनीहरुले उपचार नगर्ने अस्पताललाई कारबाही गर्न स्थानीय प्रशासन चुकेको भन्दै अब स्थानीय प्रशासनकै बिरोधमा सडकमा उत्रनुको विकल्प नदेखिएको बताएका छन ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.