logo

संवाद मार्फत द्धन्द रुपान्तरण सम्बन्धी तीन दिने तालिम शुरु

 इसीमाना सम्वाददाता     २०८० असोज १ गते ०८: १० मा प्रकाशित     737   पटक पढिएको

बीरगंज । समाजिक परिवर्तन केन्द्र काठमाडौको आयोजनामा संवाद मार्फत  द्धन्द रुपान्तरण विषयक तीन दिने तालिम बाराको बरेवा दरबार होटल कलैयामा आजदेखि शुरु भएको छ ।

 

तीन दिन सम्म चल्ने उक्त तालिममा कलैया उपमहानगरपालिका र फेटा गाँउपालिकाका जनप्रतिनिधि, राजनैतिक दलका नेता, समाजिक अगुवा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि गरि जम्मा २५ जनाको सहभागिता रहेको छ ।

 

सो तालिममा अपाङ्गता भएका व्यक्ति २ जना , महिला १४ जना तथा अन्य पुरुषहरुको सहभागिता रहेको छ । तालिमका प्रमुख प्रशिक्षक त्रिभुवन विश्वविद्यालयका शान्ति र द्धन्द्ध विषयका प्रोफेसर चिरन्जीवि भण्डारी, अधिवक्ता अजय कुमार स्वर्णकार तथा समाजिक परिवर्तन केन्द्र काठमाडौका अध्यक्ष पवन राय रहेका छन ।


समाजमा भएका विभिन्न चरणका द्धन्दहरुको विश्लेषण, पहिचान , कारण कसरी पता लगाउने तथा तिनिहरुलाई सवांद मार्फत कसरी समाधन गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य रहेको तालिममा स्थानिय स्तरमा द्धन्दलाई हेर्ने दृष्टिकोण तथा समाधानका तौरतरिकाबारे पनि गहन छलफल भएको कार्यक्रममा सहभागित अपाङ्गता भएका महिला रंजिता साहले बताइन ।


त्यस्तै समुदायमा हुने गरेको सानो तिने झैझगडा तथा नेपालको संविधानले सुचिकृति गरेको स्थानिय विवादका विषयमा न्यायिन समितिमार्फत धेरै द्धन्दहरु समाधान गर्न सकिन्छ तर पालिकाहरुमा न्यानिय समिति सक्रिय नहुदा जनताहरुलाइ न्यायको लागि जिल्ला स्थित प्रहरी कार्यालय तथा अदालत जानु पर्ने बाध्यता रहेकोले पनि जिल्ला प्रहरी कार्यालय र अदालतमा धेरै भिड हुने गरेको कुरा तालिममा सहभागि संजय मेहताले बताए ।

 


तालिमका सहभागिहरुले समाजमा विभिन्न किसिमका द्धन्दहरुमा सहजीकरण कलाको विकास गरी द्धन्दलाई हेर्ने नजरिया परिवर्तन भई समाजमानै समाधान हुन सक्ने द्धन्दलाई व्यस्थित रुपमा समाधान गर्न वा छलफल, मेलमिलाप, वार्ता वा संवाद मार्फत कसरी समाधन गर्न सकिन्छ भन्ने विषयमा सैधान्तिक तथा व्यवहारिक विषयमा ज्ञान वृद्धि गर्ने तथा सहजीकरण शीपमा निखार ल्याउने आशा रहेको समाजिक परिवर्तन केन्द्र बाराका फिल्ड अफिसर विक्की महतोले जनाए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.