logo

बिरामीलाई उपचार नगरि फर्काउने अस्पतालहरुलाई कारवाही गर्न उपभोक्ता हित संरक्षण मंचको माँग

      8/8/2020 गते 00 00 मा प्रकाशित     1177   पटक पढिएको


उपभोक्ता हित संरक्षण मंच बीरगंज महानगर समितिले बीरगंजमा अस्पतालहरले बिरामीको उपचार गर्न नमानेकै कारण बिरामीले मृत्युवरण गर्नु परेको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

 


महानगर समितिका अध्यक्ष अजित भूजेलले आज एक बिज्ञप्ति जारी जिल्ला संकट ब्यवस्थापन केन्द्रले अस्पतालहरुलाई कुनै पनि बिरामीलाई उपचार नगरि नफर्काउन निर्देश गरेकै बेलामा अस्पतालहरुले बिरामी भर्ना गरेर उपचार गर्न नमान्दा तीन जनाको ज्यान जाने दुःखद अवस्था आएको बताउनु भएको छ ।

 

उहाँले अस्पतालहरुले उपचार गर्न नमानेका कारण अकालमै ज्यान गुमाउनेहरुका परिवारलाई उचित क्षतीपूर्तीको ब्यवस्था मिलाउन स्थानीय प्रशासन संग जोडदार माँग गर्दछौ । 

 


अस्पतालहरुले बिरामीको उपचारकोलागि खडा गरेको संरचनाहरु उपचारमा प्रयोग नहुने हो भने अस्पताल संचालनका बेलामा ब्यक्त गरेको प्रतिवद्धता बिपरित भएको भन्दै मंचले नेपालको संविधानले प्रत्येक नागरिकलाइ राज्यबाट आधारभुत स्वास्थ सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाइ पनि आकस्मिक स्वास्थ सेवाबाट बन्चित नगरिने ग्यारेन्टी गरेको कुरालाई स्मरण गर्न आग्रह गरेको छ ।

 

जनस्वास्थ सेवा ऐन २०७५ को दफा ३,४ र ५ ले प्रत्येक नागरिकलाइ गुणस्तरिय स्वास्थ सेवा सहज र सर्वसुलभ रुपमा प्राप्त गर्ने अधिकार हुने र कुनै पनि नागरिकलाइ स्वास्थ सेवाबाट वन्चित नगरिने व्यवस्था गरी, आकस्मिक उपचार गर्न इन्कार गर्ने लाइ सजाय समेत हुने व्यवस्था गरेको तर्फ सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चहान्छौ बिज्ञप्तिमा उल्लेख छ । 

विमारीलाइ अस्पताल भर्ना गरी स्वास्थ सेवा लगायत आकस्मिक उपचार प्रदान गर्न इन्कार गर्ने अस्पताल र सम्बद्ध पदाधिकारीलाइ सजाय हुने गरी जनस्वास्थ ऐन २०७५ बमोजिम तत्कालै कारवाही अगाडी बढाउन समेत मंचले माँग गरेको छ। 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.