logo

कार्यपालिका सदस्यको निधनमा श्रद्धाञ्जली ब्यक्त गर्न पर्सागढी नगरपालिकामा सार्वजनीक बिदा

 इसीमाना सम्वाददाता     २०८० असोज ६ गते ०६: २७ मा प्रकाशित     971   पटक पढिएको

पर्सागढी । पर्सागढी नगरपालिकाले आफनो एक जना सदस्यको देहान्त भएको शोकमा एक दिन बिदा दिने भएको छ ।


पर्साको पर्सागढी नगरपालिका वडा नं। ७ कि निर्वाचित वडा सदस्य फुलमतिया देवि चमईनको ४५ बर्षको उमेरमा निधन भएको हो ।

 

नगरपालिकाले आइतवार नगरपालिका क्षेत्र भित्र बिदाको घोषणा गरेको छ । पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले एक शोक बिज्ञप्ति जारी गर्दै नगरपालिका कार्यालय, सम्पुर्ण वडा कार्यालयहरु र नगरभित्र रहेका स्वास्थ्य सस्था, सम्पुर्ण सामुदायिक तथा सस्थागत विद्यालयहरुमा शोक बिदा गर्ने निर्णय गरिएको जनाएका छन ।

चमईन नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा सदस्य थिइन । उनको पार्थिक शरीरमा नेपाली काङ्ग्रेस मधेस प्रदेश कमिटी सदस्य तथा पुर्व नगरप्रमुख लोकनारायण यादव, वडा न ७ का वडा अध्यक्ष शंकर रायभर, नेपाली काङ्ग्रेसका क्षेत्रीय कोषाध्यक्ष बिनोद ठाकुर, नगर उपसभापति अछेलाल यादव, वडा सभापति शम्भु पटेल लगायतले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गरेका छन ।

यसैवीच बारामा शनिवार बिहान जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ टांगिया बस्ती जाने सड्कमा नाम थर वतन नखुलेका करिब ५५ बर्षिय एक पुरुषको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।


मानिस मृत्यु भएको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा खटेको टोलीले जंगली हात्तीले आक्रमण गरेको, शरिरमा हात्तीले लछारेको जस्तो देखिएको अबस्थामा लास फेला परेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ।शबलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया बारा पठाईएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.