logo

यातायातमा धमाधम परिक्षा हुदै,फेल भएकाहरु पनि पास

 इसीमाना सम्वाददाता     २०८० असोज १६ गते ०३: ०५ मा प्रकाशित     940   पटक पढिएको

बीरगंज । कर्मचारीको आन्तरिक बिवादका कारण इमान्दार बनेको बीरगंजको यातायात ब्यवस्था कार्यालयमा सवारी चालक अनुमती पत्र बितरणमा फेरी अनियमितता शुरु भएको छ ।

 

गएको वर्ष असारमा सवारी चालक अनुमती पत्र बितरणको बेलामा उठाइएको रकम बितरण नभएपछि भएको बिवाद भएको थियो । त्यही बिवाद हिंसा समेत भएको थियो । बीरगंजको वडा नं–१४ का एक युवालाई प्रहरीले गिरफ्तार समेत गरेको थियो ।

 

यही विवादका कारण यादव सहनी र रन्जीत साह दुईजनाको बीरगंज कार्यालयबाट सरुवा भएको थियो । उनीहरुले सक्दा सम्म सवारी चालक अनुमती पत्र बितरणमा समस्या पैदा गर्दा रिजल्ट फेयर हुदै आएको थियो ।

 

तर उनीहरुको सरुवा पछि सवारी चालक अनुमती पत्र बितरणमा पुरानै शैलीको पुनरावृति भएको छ । अहिले धमाधम सवारी चालक अनुमती पत्र बितरणकोलागि लिखित र ट्रायल परिक्षा संचालन भइरहेको छ ।

 

अहिले ट्रायलमा फेल भएपनि सेटिङमा धमाधम पास गर्ने काम भएको छ । परिक्षालाई ब्यवस्थान गर्न बनाइएको आन्तरिक समितिको अहिले राम अयोध्या राम प्रमुख रहेका छन ।

 

फेल भएकाहरु पनि धमाधम पास गरिएको बारेमा प्रतिक्रिया लिन खोज्दा रामले कार्यालयमा आउनु न कुरा गरौला भनेका छन । परिक्षालाई फेयर बनाउनकालागि खटिने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी नीरिक्षक भास्कर खतिवडाले भने यस बिषयको प्रतिवाद गरेनन । यो अनियमिततामा ट्राफिक प्रहरी पनि संलग्न रहेको छ ।

 

यद्धपी सार्वजनीक अपतकालागि उनले अनियमिता रोक्ने बताए । अहिले भएको परिक्षामा फेल भएका ५ वटा प्रवेश पत्रको नम्बर इसीमानालाई उपलब्ध छ । परिक्षा प्रमुख रामलाई नम्बर सहित फेल भएकाहरु पास भएको बारे जानकारी माग्दा उनले आफूलाई सबै नम्बर याद नभएको बताए ।

 

यातायात ब्यवस्था कार्यालयले फेल भएकालाई पास बनाउनु त सामान्य नै भयो । देशमै नभएकाहरुको सवारी चालक अनुमती पत्र बनाएर बितरण गर्ने गरेको तथ्य पटक पटक सार्वजनीक भएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.