logo

छपकैयामा एक महिलाको हत्या, अनुसन्धानकालागि प्रहरीद्वारा एक गिरफ्तार

 इसीमाना सम्वाददाता     २०८० असोज १९ गते ०६: ३८ मा प्रकाशित     309   पटक पढिएको

वीरगञ्ज । वीरगञ्ज छपकैयाँ वडा नम्बर १ की पुनम देबीको हत्या प्रकरणमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । देबी हत्याका घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।

पर्सा प्रहरीको नियन्त्रणमा रहेका युवकसंग सोधपुछ चलिरहेको र आरोप पुष्टि भइनसकेकोले नाम गोप्य राखिएको स्रोतले जनायो । स्रोतका अनुसार प्रहरी नियन्त्रणमा रहेका ती युवक मृतक पुनमको छिमेकी रहेको खुलेको छ ।


जिल्ला प्रहरी कार्यालय पर्सामा राखि उनीमाथि अनुसन्धान जारी रहेको स्रोतको भनाइ छ ।मृतक पुनम देबीको शुक्रबार विहान हत्या भएको हो ।

धारिलो हतियारले प्रहारका कारण उनको हत्या भएको पर्सा प्रहरी स्रोतले जनाएको छ।उनको टाँउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

 

घाइते अवस्थामा उपचारकालागि अस्पताल पुर्याइएकी पुनमको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो । मृतक पुनम घरमा एक्लै बस्दै आएकी थिइन् ।

 

पुनम देवीको श्रीमान भारतको ग्वालियरमा छन् । उनको एक छोरा र एक छोरी छन् । छोरीको विहे भइसकेको छ भने छोरा पढाइको सिलसिलामा भारतकै दिल्लीमा छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.