बीरगंज । बीरगंज महानगरपालिका वडा नम्बर ८ पानीटंंकीका स्थानीय बासिन्दाहरुको बृहद भेला सम्पन्न भएको छ । भेलाले ११ हजार केभिएको हाइटेन्सन लाइन सिफ्ट गर्न माँग गर्ने निर्णय सर्वसम्मत रुपमा गरेको छ ।
पानीटंकी चोकदेखि पानीटंकी कार्यालयको उत्तर तथा पुर्वपटटी रहेक घरधुरीहरुले यो लाइन सिफ्ट गर्न माग गरेका हुन । वडा अध्यक्ष रितेष कुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा डाक्टर अशोक दास, किरण राज पाण्डे, सुरेश कुमार बादल, जदु महतो, कामेश्वर प्रसाद,मदन चौबे, रामआशिष कलवार, नसुरुद्धिन अन्सारी, बसुरुद्दिन अन्सारी, गोपाल केडिया, निर्मल मैनाली, जबाहर प्रसदा कलवार, रामेश्वर प्रसाद कलवार, अर्जुन मुरारका, सन्यनाराण अग्रवाल, गणेशमान श्रेष्ठ, बिभा पटेल, मनोज कुमार गुप्ता, निखिल साह, शेष आत्म खातुन, संदिप श्रेष्ठ, हरिनारायण रौनियार , लगायतको सहभागिता रहेको थियो ।
बैठकमा बिषेष उपस्थितिको रुपमा बीरगंज महानगरपालिका पूर्व मेयर बिजय सरावगी , वडा अध्यक्ष राजकिशोर गुप्ताको पनि सहभागिता रहेको थियो । वडाबासिहरुका हितकोलागि आफुहरु कुनै पनि कसर बाँकी नराखि काम गर्ने धारणा समेत पूर्व प्रमुख सरवागीले ब्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया