हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट लागुऔषधसहित एकजना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका ७ घर बताउने ३२ वर्षीय रञ्जित चौरसिया रहेको प्रहरीले जनाएको छ ।
सोमबार राति ११ बजेको समयमा बसपार्क क्षेत्रमा पैदल हिँडिरहेका चौरसियालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागुऔषध नाईट्राभेट ३९ वटा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया